२४ आश्विन २०८३, शनिबार | October 10, 2026

भन्सार एजेन्टहरुको पेनडाउनका कारण देशभरका भन्सार ठप्प, मालवस्तुको आयात निर्यात शुन्य



काठमाडौँ । भन्सार एजेन्टहरुले पेन डाउन सहितको आन्दोलन गरेपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प भएका छन् । भन्सार एजेन्ट महासङ्घको आह्वानमा पेन डाउनसहितको आन्दोलनको घोषणा गरेसँगै देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको हो । एजेन्टहरुको आन्दोलनका कारण देशमा हुने सबै प्रकारका मालवस्तुको आयात निर्यात रोकिएका छन् ।

संसदको पछिल्लो बैठकबाट पारित भएको भन्सार ऐनमा भएको व्यवस्था अन्यायपूर्ण भएको भन्दै भन्सार एजेन्टले त्य विरुद्ध आन्दोलन थालेका हुन् । यसअघि नै उनीहरुले संसदबाट पारित भएको भन्सार ऐनमा भएको व्यवस्था सच्याउन माग गर्दै आएका थिए । लामो समयसम्म लबिङ गर्दा पनि निर्णय सच्याउनेतिर कुनै ध्यान नदिइएको भन्दै महासंघले भन्सार जाँचपास नै अवरुद्ध हुनेगरि आन्दोलन गरेका हुन् ।

सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति आपत्ति जनाउँदै महासंघले आन्दोलन थालेको हो ।

यसअघि नै आन्दोलित भएका भन्सार एजेन्टका कर्मचारीहरूले विशेष गरी भन्सार ऐन, २०८२ को दफा ७१ को उपदफा (झ) को व्यवस्थाको विरोध कार्यक्रम सुरु गरेका थिए। उक्त दफामा गरिएको व्यवस्थाअनुसार “घोषणाकर्ताले दफा २० को उपदफा (३) बमोजिम विद्युतीय माध्यमबाट कम्प्युटर प्रणालीमा वस्तुको विवरण घोषणा गर्दा संलग्न गर्नुपर्ने कागजात फरक रूपमा संलग्न गरेमा त्यस्तो घोषणाकर्तालाई सो घोषणा बमोजिम लाग्ने भन्सार महसुलको दश प्रतिशत जरिवाना र लाग्ने महसुल असुल गरी त्यस्तो वस्तु जाँचपास गर्नु ।” भन्ने ब्यवस्था अब्यबहारिक रहेको उनीहरुको भनाई थियो ।

भन्सार ऐनमा भएका अव्यवहारिक व्यवस्थाहरू, सर्भरमा देखिएको निरन्तरको समस्या, र पेशागत हकहितका विषयलाई लिएर चरणबद्ध आन्दोलन अन्तर्गत पेनडाउन थालिएको महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले जानकारी दिए । खासगरी दफा ७१ (झ) मा विद्युतीय माध्यमबाट कम्प्युटर प्रणालीमा कागजात अपलोड गर्दाखेरि भुलवश भएका गल्तीमा पनि जरिवाना गर्ने प्रावधानप्रति महासङ्घको पनि आपत्ति रहँदै आएको छ ।

यसअघि सोमबार महासंघले वीरगञ्ज भन्सार कार्यालयमा पेनडाउन गरेको थियो । तर आफ्ना माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय काम रोक्नु परेको घिमिरे बताउँछन् ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  १ : २८ बजे

नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित

नारायणगढ । यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय, साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौँ । सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध

जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु

दाङ । जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको

शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा । मुग्लिङ-काठमाडौं सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत