२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

फाइनलमा सुदूरपश्चिम, विराटनगर ७८ रनमै समेटिएपछि पहिलो क्वालिफायरमा भारी हार



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर बोल्ट्सलाई ७७ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १५६ रनको लक्ष्य पछ्याउँदै खेलमा उत्रिएको विराटनगर १४ ओभर १ बलमै ७८ रनमा समेटियो । सिजनकै सबैभन्दा न्यून स्कोर बनाएको विराटनगरले सुदूरपश्चिमको उत्कृष्ट बलिङसमक्ष पूरा खेलभर दबाब झेल्यो ।

यसअघि लिग चरणको १५ औँ खेलमा काठमाडौं गोर्खाजविरुद्ध चितवन राइनोजले ८९ रन मात्रै बनाएको थियो, जुन सिजनको सबैभन्दा कम स्कोर मानिँदै आएको थियो ।

लिग चरणमा सुदूरपश्चिमलाई हराउँदै पहिलो क्वालिफायरमा स्थान बनाएको विराटनगर सुदूरपश्चिमसँगको हारको प्रतिकार गर्न असफल भयो । सुदूरपश्चिमले लिगमा हारेको खेलको बदला चुकाउँदै फाइनल टिकेट हात पारेको हो ।

पराजयपछि विराटनगर अब इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच हुने इलिमिनेटरबाट विजेता बनेको टिमसँग भिडेर मात्र विराटनगरले फाइनलमा फर्किने सम्भावना जिउँदो राख्नेछ ।

सुदूरपश्चिमको जितका नायक ओपनर बिनोद भण्डारी रहे। ५२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ६३ रन जोडेका उनले १८ ओभरको अन्तिम बलसम्म क्रिज सम्हाले । उनकाे इनिङकै भरमा सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रनको सम्मानजनक योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका शेल्डन ज्याक्सन र आरिफ शेखले समान २०-२० रन, हर्मितले १४ रन तथा ओपनर मुख्तार अहमदले १० रन जोडेका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ७ : २० बजे

एमाले ११ औँ महाधिवेशनअघि अध्यक्ष ओली आज सम्पादकसँग छलफल गर्दै

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

रवि लामिछाने र छविलाल जोशीको आज उच्च अदालत बुटवलमा आजका लागि पेसी

बुटवल । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामै रहेका

किसानलाई दूधमा दश रुपैयाँ अनुदान

दमौली । भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १०

दाङमा बस दुर्घटना, २२ यात्री घाइते

दाङ । डडेल्धुराबाट काठमाडौंतर्फ गइरहेको ना ८ ख ७४५५ नम्बरको

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा