१३ भदौ २०८३, शनिबार | August 29, 2026

पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न नसक्ने नेतृत्वले मुलुकको नेतृत्व गर्न नहुने : उपाध्यक्ष शाक्य



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमालेको आसन्न महाधिवेशनले मुलुकमा विद्यमान राजनीतिक तथा संवैधानिक सङ्कटको सामना गर्नसक्ने क्षमतावान नेतालाई नेतृत्वमा स्थापित गर्नुपर्ने बताएकी छन् । पार्टीको आसन्न ११औँ महाधिवेशनका सन्दर्भमा आज आयोजित अन्तरसंवाद कार्यक्रममा उनले देशभरका प्रतिनिधिले जेनजी आन्दोलनको भावनालाई समेटेर नयाँ नेतृत्व चयन गर्नुपर्ने बताइन् ।

तत्कालीन सरकारले जेनजी युवाको भावना बुझ्न नसक्दा देशमा उत्पन्न भएको गम्भीर अवस्थालाई दृष्टिगत गरी नयाँ नेतृत्व चयन गर्नुपर्ने बताउँदै उपाध्यक्ष शाक्यले उक्त नेतृत्वले पार्टीलाई लोकतान्त्रिक विधिबाट सञ्चालन गर्ने र देशलाई समृद्धिको बाटोमा लैजानसक्ने विचार व्यक्त गरिन् ।

कम्युनिष्ट आन्दोलनको मूलधार एमाले भएको बताउँदै उनले एमाले कमजोर हुँदा राष्ट्रियता कमजोर हुन जाने र देशको अस्तित्व सङ्कटमा पर्ने उल्लेख गरिन् । उपाध्यक्ष शाक्यले पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न नसक्ने नेतृत्वले मुलुकको नेतृत्व गर्न नहुने र नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिइन् ।

केन्द्रीय सदस्य वृन्दा पाण्डेले पार्टीमा सामूहिक पद्धतिको अन्त्य भएसँगै विधि, नीति, प्रक्रिया तथा पद्धति कमजोर हुँदा आन्तरिक विवाद सिर्जना भएको बताउँदै जनताको बहुदलीय जनवादका नाममा पार्टीभित्र नेतृत्व अराजक भएर प्रस्तुत भएकाले विकल्प खोज्नुपर्ने प्रष्ट पारिन् ।

पार्टी केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले कम्युनिष्ट पार्टीमा नेतृत्व हस्तान्तरणको खाँचो औँल्याउँदै जिम्मेवार र जवाफदेही नेतृत्व, सामूहिकता र सबैसँग सहकार्य गर्न सक्ने नेतृत्व अहिले आवश्यक रहेको बताइन् । केन्द्रीय सदस्य शर्मिला कार्कीले गणतन्त्र संस्थागत गर्नका लागि अन्तर्पार्टी अभ्यास लोकतान्त्रिक हुन जरुरी रहेको बताउँदै नेताहरूको जीवनशैली पारदर्शी हुनुपर्ने बताइन् ।

पार्टी नेतृ सरिता न्यौपानेले नेतृत्वले अधिक्तम दुई वर्षको कार्यकाल पूरा गरेपछि पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने व्यवस्था वैज्ञानिक रहेको उल्लेख गरिन् । अर्का नेत्री रचना खड्काले पार्टी नेतृत्व र जनताबीचको कुरा मिलेको छ कि छैन भनेर बुझेको व्यक्तिले मात्र पार्टीलाई सही दिशा निर्देश गर्नसक्ने बताउँदै पार्टीको अन्तिम निर्णय गर्ने अधिकार पार्टी सदस्यको हुनुपर्ने विचार व्यक्त गरिन् ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ९ : १९ बजे

राहतमा दोहोरोपन रोक्न काठमाडौं प्रशासनको एकद्वार प्रणाली

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)