२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

एनपीएल इलिमिनेटर : काठमाडौं र लुम्बिनी पहिलोपटक प्लेअफमा आमनेसामने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको इलिमिनेटरमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै छन् । एनपीएलको इतिहासमा यी दुवै टोली पहिलोपटक प्लेअफ चरणमा प्रवेश गरेका हुन् । पहिलो संस्करणमा काठमाडौं पाँचौं र लुम्बिनी पुछारमै सीमित भएका थिए ।

यस संस्करणमा भने काठमाडौं सात खेलबाट १० अंक बटुल्दै तेस्रो स्थानमा रह्यो भने लुम्बिनीले समान खेलमा ८ अंकसहित चौथो स्थान सुरक्षित गर्दै प्लेअफमा स्थान बनायो ।

आजको भिडन्तमा लुम्बिनीले लिग चरणमा व्यहोरेको हारको बदला लिने लक्ष्य बनाएको छ । लिगमा काठमाडौंले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो । तीब्र प्रतिस्पर्धा हुने अपेक्षा गरिएको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अपराह्न ४ बजे सुरु हुनेछ ।

इलिमिनेटर जित्ने टोलीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा विराटनगर सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ६ : ३४ बजे

विराटनगर किङ्सलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा, सुदूरपश्चिम रोयल्ससँग उपाधि भिडन्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बिहीबार सम्पन्न

जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच

एनपीएल फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले १३५ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा फाइनल

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर

टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरअन्तर्गत