२९ भदौ २०८३, सोमबार | September 15, 2026

एमाले ११ औँ महाधिवेशनअघि अध्यक्ष ओली आज सम्पादकसँग छलफल गर्दै



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ११ औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार देशभरका सम्पादकसँग छलफल गर्दैछन् ।

प्रेस चौतारी नेपालले आयोजना गरेको ‘अध्यक्षसँग संवाद’ कार्यक्रमका लागि सम्पादकहरूलाई निमन्त्रणा पठाएको हो । उक्त कार्यक्रम बिहीबार दिउँसो १ बजे कोटेश्वरस्थित होटल ‘ए-भा भेन्यु’मा सुरु हुने जनाएको छ ।

शनिबारदेखि प्रारम्भ हुने एमालेको ११ औँ महाधिवेशन लक्षित यो भेटघाटमा अध्यक्ष ओलीले आफ्नो आगामी राजनीतिक कार्ययोजना, नेतृत्वबारेको धारणा तथा पार्टीको आगामी रणनीतिसम्बन्धी विचार सम्पादकसामु प्रस्तुत गर्ने तयारी गरेको बताइएको छ ।

अर्को कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवार बन्ने तयारीमा रहेका ओलीले महाधिवेशनको दिशा, संगठन सुदृढीकरण तथा राष्ट्रिय राजनीतिमा एमालेको भूमिकाबारे आफ्नो दृष्टिकोण खुलाउने अपेक्षा गरिएको छ ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह मंसिर २७ गते भक्तपुरको तीनकुने मैदानमा हुनेछ । त्यसपछि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने बन्दसत्रमार्फत पार्टीले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  ११ : ११ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ