२६ मंसिर २०८२, शुक्रबार | December 12, 2025

एमाले ११ औँ महाधिवेशनअघि अध्यक्ष ओली आज सम्पादकसँग छलफल गर्दै



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ११ औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार देशभरका सम्पादकसँग छलफल गर्दैछन् ।

प्रेस चौतारी नेपालले आयोजना गरेको ‘अध्यक्षसँग संवाद’ कार्यक्रमका लागि सम्पादकहरूलाई निमन्त्रणा पठाएको हो । उक्त कार्यक्रम बिहीबार दिउँसो १ बजे कोटेश्वरस्थित होटल ‘ए-भा भेन्यु’मा सुरु हुने जनाएको छ ।

शनिबारदेखि प्रारम्भ हुने एमालेको ११ औँ महाधिवेशन लक्षित यो भेटघाटमा अध्यक्ष ओलीले आफ्नो आगामी राजनीतिक कार्ययोजना, नेतृत्वबारेको धारणा तथा पार्टीको आगामी रणनीतिसम्बन्धी विचार सम्पादकसामु प्रस्तुत गर्ने तयारी गरेको बताइएको छ ।

अर्को कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवार बन्ने तयारीमा रहेका ओलीले महाधिवेशनको दिशा, संगठन सुदृढीकरण तथा राष्ट्रिय राजनीतिमा एमालेको भूमिकाबारे आफ्नो दृष्टिकोण खुलाउने अपेक्षा गरिएको छ ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह मंसिर २७ गते भक्तपुरको तीनकुने मैदानमा हुनेछ । त्यसपछि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने बन्दसत्रमार्फत पार्टीले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  ११ : ११ बजे

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारी पूरा

‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’

काठमाडौँ । सौन्दर्य व्यवसाय महिलाको सुन्दरतासँग मात्र नभइ उनीहरूको अर्थोपार्जनसँग

उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । उपरथीमा विशेष बढुवा भएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति

विधान संशोधन नगरि सकियो एमाले सचिवालय बैठक

काठमाडौँ । गत भदौ दोस्रो साता भएको विधान महाधिवेशनले पारित

पाल्पामा जिप दुर्घटना : ३ जनाको मृत्य, दुई जनाको सनाखत

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा ३