काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनिर्वाचित सत्ता मञ्जुर नभएको बताएका छन्।
एमालेको एघारौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनप्रतिनिधिले नै सत्ता सञ्चालन गर्नुपर्ने बताएका हुन् ।
उनले हिंसामा एमालेले विश्वास नगर्ने बताउँदै सरकार हिंसाबाट नभइ जनताको मतबाट निर्वाचित भएर आउनुपर्ने बताए।
असंबैधानिक बाटोबाट गठन भएको सरकार एमालेलाई मान्य नभएको बताउँदै अध्यक्ष ओलीले असंबैधानिक सरकारले विघटन गरेको संसद् पुनर्स्थापन गरेरै छाड्ने संकल्प गरे ।


















प्रतिक्रिया