नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय र नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । नेपालगञ्जको त्रिभुवन चोकबाट प्रहरीले स्रोत नखुलेको रकम सहित नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी सुनिलकुमार बानियाँलाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बनियाँको साथबाट भारतीय रुपैयाँ ३ लाख ७२ हजार ७ सय र नेपाली रुपैयाँ १ लाख फेला पारेको रप्रहरी कार्यालय बाँकेले जनाएको छ। । प्रहरीका अनुसार बरामद रकममा भारतीय ५ सयका ६४५ थान, १ सयका ५०२ थान तथा नेपाली १ हजारका १ सय थान नोट रहेका छन् ।
त्रिभुवन चोकस्थित कुमार जनरल स्टोरका सञ्चालक समेत रहेका बानियाँले स्रोत नखुलेको रकमको कारोबार गर्दै आएको सूचनाका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बरामद रकम र पक्राउ परेका बानियाँलाई आवश्यक अनुसन्धानका लागि आजै राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


















प्रतिक्रिया