१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

एमाले ११ औँ महाधिवेशनमा आज मतदान, ओली र पोखरेलबीच अध्यक्ष पदको प्रतिस्पर्धा



काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार मंगलबार बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि मतदान सुरु हुनेछ । मतदान प्रक्रिया साँझ ७ बजेसम्म चल्नेछ ।

महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार दुवै नेताले आ-आफ्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिनेछ । कुल ८० वटा विद्युतीय मेसिन प्रयोग हुने र एक जना प्रतिनिधिले मतदान गर्न करिब २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ । महाधिवेशनमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलको मात्र उम्मेदवारी परेको छ भने अन्य पदाधिकारी तथा केन्द्रीय सदस्य पदमा दुवै समूहका साथै स्वतन्त्र उम्मेदवारी पनि परेको छ ।

पार्टीको संशोधित विधानअनुसार पाँच उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारहरूमा अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, डा. बिन्दा पाण्डे र विष्णुप्रसाद पौडेल रहेका छन् ।

महासचिव पदका लागि शङ्कर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, तीन उपमहासचिव पदका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट र विष्णुप्रसाद रिमालले उम्मेदवारी दर्ता गराएका छन् ।

नौ सचिव पदका लागि २० जनाको उम्मेदवारी परेको छ भने विभिन्न भूगोल र समावेशी क्लस्टरबाट केन्द्रीय सदस्य पदका लागि एक हजारभन्दा बढी उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

आजको मतदानपछि मतगणना, परिणाम घोषणा र निर्वाचित नेतृत्वको औपचारिक घोषणा गरिने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ६ : ५९ बजे

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

दमौली । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-९ डुमरियामा कृषि तथा जलवायु मौसम

संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने