१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

कांग्रेसद्वारा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस



गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरिरहेको छ । गण्डकी प्रदेशमा पनि क्षेत्रीय समिति, जिल्ला समिति हुँदै प्रदेश समितिमा उम्मेदवारको नाम सिफारिस गरिएको हो ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले जिल्लाबाट सिफारिस भई आएका उम्मेदवारको नाम रायसहित केन्द्रमा पठाइने बताए । “प्रदेशका नौ जिल्लाबाट उम्मेदवारको नाम सिफारिस भइसकेको छ, मनाङ र मुस्ताङबाट नाम आउने क्रममा छ”, उनले भने, “सबै जिल्लाको नाम आइसकेपछि रायसहित केन्द्रमा सिफारिस गर्छौं ।”

केन्द्रले एक निर्वाचन क्षेत्रबाट तीन जना सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न भने पनि क्षेत्रीय समितिले धेरै जनाको नाम पठाएकाले प्राप्त भएका सबै नाम केन्द्रमा पठाइने सभापति शर्माले बताए । निर्वाचनमा जित्ने सम्भावना भएका, मतदातामाझ लोकप्रिय, पार्टीमा योगदान पु¥याएको र सक्षम व्यक्तिकाबारेमा रायसहित केन्द्रमा नाम सिफारिस गरिने उनले उल्लेख गरे ।

गण्डकी प्रदेशमा प्रतिनिधिसभातर्फ १८ निर्वाचन क्षेत्र छन् । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकीमा कांग्रेसले १० स्थानमा जितेको थियो ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ७ : १७ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले