१२ जेष्ठ २०८३, मंगलबार | May 27, 2026

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै



काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । एमालेले दिएको जानकारीअनुसार मतदान प्रक्रिया बिहान ८ बजेदेखि सुरु हुनेछ ।

यसअघि मंगलबार साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालिका तय गरिएको भए पनि अन्तिम समयमा प्राविधिक तयारी पूरा नभएको भन्दै मतदान स्थगित गरिएको थियो । एमालेको केन्द्रीय निर्वाचन आयोगले आवश्यक प्राविधिक तयारी नपुगेकाले मतदान कार्यक्रम एक दिनका लागि सारिएको जनाएको थियो ।

आज मतदानका लागि महाधिवेशन प्रतिनिधिहरूलाई बिहानै भृकुटीमण्डपमा उपस्थित हुन आग्रह गरिएको छ । मतदान प्रक्रिया विद्युतीय भोटिङ मेसिनमार्फत गरिनेछ । आयोगका अनुसार रामलक्ष्मण भोटिङ मेसिन प्रयोग गरेर मतदान गरिँदै छ ।

महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ । यसैगरी १९ पदाधिकारी पदका लागि ४२ जना उम्मेदवार चुनावी मैदानमा छन् भने केन्द्रीय सदस्यसहित सबै पदमा गरी ३०० भन्दा बढी उम्मेदवारको प्रतिस्पर्धा रहेको छ ।

आजको मतदानपछि मतगणना र नतिजा सार्वजनिक गरिने कार्यतालिका रहेको एमालेले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ६ : ३५ बजे

विशेषको आदेश सर्वोच्चबाट बदर, विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

मनसुनी विपद् : खोज/उद्धारमा एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौँ । नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य

निजी क्षेत्रलाई राज्यको प्रमुख आर्थिक साझेदारका रूपमा संवैधानिक मान्यता दिन माग

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

रास्वपा छोडेकी ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेस

एन आई सी एशिया बैंकले गर्यो विद्यालयलाई सहयोग

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक