१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने



बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव-२०८२ आज बिहीबारदेखि बुटवलमा सुरु हुँदैछ ।

बुटवल मण्डपस्थित निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आयोजना हुन लागेको यो प्रदर्शनीको उद्घाटन दिउँसो २ः१६ बजे अर्थमन्त्री डा। रामेश्वर खनालले गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनी उद्घाटनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिए ।

प्रदर्शनीमा कृषि, उद्योग, प्रविधि, पर्यटन तथा सेवा क्षेत्रसँग सम्बन्धित विभिन्न प्रकृतिका करिब ५ सय स्टल रहनेछन् । स्वदेशी उत्पादनको प्रवर्द्धन, घरेलु तथा साना उद्योगलाई बजारसँग जोड्ने, उद्यमशीलता विकास गर्ने र लगानीका सम्भावना पहिचान गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको संघले जनाएको छ ।

महोत्सवमा स्वदेशी उत्पादनको प्रदर्शनी तथा बिक्रीसँगै आधुनिक कृषि प्रविधि, मेसिनरी, सूचना प्रविधि, पर्यटन प्रवर्द्धनका सामग्री, हस्तकला तथा स्थानीय उत्पादनहरू अवलोकन गर्न सकिनेछ । साथै, उद्यमी, व्यवसायी, कृषक, विद्यार्थी तथा आम सर्वसाधारणका लागि लक्षित विभिन्न अन्तरक्रिया, प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रमहरू पनि समावेश गरिने आयोजकले जनाएको छ ।

रुपन्देही उद्योग संघले यो प्रदर्शनीले स्थानीय तथा राष्ट्रिय उद्योगको प्रवर्द्धनमा टेवा पुग्ने, रोजगारी सिर्जना हुने र स्वदेशी उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्ने विश्वास लिएको छ । प्रदर्शनीले लुम्बिनी प्रदेशलाई औद्योगिक, कृषि र पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ८ : २१ बजे

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत