३ पुस २०८२, बिहिबार | December 18, 2025

एमाले महाधिवेशन : मतगणना सुरु



काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ।

केन्द्रीय निर्वाचन आयोगले ८० वटै मतदान मेसिनबाट चिप्स निकाल्ने प्रक्रिया पूरा भएपछि मतगणना प्रारम्भ गरिएको जानकारी दिएको हो। आयोगका अनुसार करिब बिहान ११ बजेसम्म निर्वाचनको सम्पूर्ण परिणाम एकैपटक सार्वजनिक गर्ने तयारी गरिएको छ।

काठमाडौँको भृकुटीमण्डपमा बुधबार बिहान ९:२० बजे सुरु भएको मतदान प्रक्रिया करिब साढे २१ घन्टापछि बिहीबार बिहान ७ बजेतिर सम्पन्न भएको थियो।

निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका छन् भने विभिन्न कारणले ३६ जना प्रतिनिधि मतदानमा सहभागी हुन सकेनन्।

एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा छन्।

 

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  १० : ०५ बजे

एमाले नेतृत्वलाई छोएकै दिनदेखि देश ठप्प हुन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम