६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी



काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

अध्यक्ष पदसहित पदाधिकारीमा केपी शर्मा ओली पक्षका उम्मेदवार विजयी भएका छन्। कुल १९ पदाधिकारीमध्ये दुई जनाबाहेक सबै ओली पक्षका उम्मेदवार निर्वाचित भएका छन्।

ईश्वर पोखरेल प्यानलबाट उम्मेदवार बनेका गोकर्ण विष्ट उपाध्यक्ष पदमा र योगेश भट्टराई उपमहासचिव पदमा विजयी भएका छन्। बाँकी सबै पदमा ओली पक्षका नेता विजयी भएका छन् ।

उपाध्यक्ष पदमा गोकर्ण विष्टले १ हजार ३६८ मत प्राप्त गरेका छन् भने उपमहासचिव पदमा योगेश भट्टराईले १ हजार ३४८ मत ल्याएर जित हात पारेका हुन्।

नेकपा एमालेको पदाधिकारी संरचनाअनुसार एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ सचिव रहने व्यवस्था छ।

पदाधिकारीहरुमध्ये कसले कति मत पाए ? :

अध्यक्ष (१)
केपी शर्मा ओली : १६६३
ईश्वर पोखरेल : ५६४

उपाध्यक्ष (५)
अरूण नेपाल : ४३९
गुरुप्रसाद बराल : ११३७
गोकर्णराज विष्ट : १३६८
टकंप्रसाद कार्की  ः ३५८
परशुराममेघी गुरुङ : ४६१
पृथ्वीसुब्बा गुरुङ : १७३७
भीमप्रसाद आचार्य : २६५
रघुजी पन्त : १२५८
रामबहादुर थापा बादल : १५१६
विन्दा पाण्डे : ९२१
विष्णुप्रसाद पौडेल : १६७५

महासचिव (१)
शंकर पोखरेल : १२२८
सुरेन्द्रप्रसाद पाण्डे : ९९९

उपमहासचिव (३)
आनन्दप्रसाद पोख्रेल : ६३५
योगेश भट्टराई : १३४८
रघुवीर महासेठ : १३६८
राजेन्द्रप्रसाद गौतम : २७०
लेखराज भट्ट : १४५२
विष्णुप्रसाद रिमाल : १०९१
वैजनाथ चौधरी : ५१७

सचिव (९)
अग्निप्रसाद खरेल : ७१६
ईन्द्रलाल साप्कोटा : ४०५
कर्णबहादुर थापा : ८४७
कृष्णगोपाल श्रेष्ठ : ६२५
खगराज अधिकारी : १२३१
गोकुलप्रसाद बास्कोटा : १०३०
छविलाल विश्वकर्मा : १५०६
ठाकुरप्रसाद गैरे : ८८३
पद्माकुमारी अर्याल : १५३०
पुरुषोत्तम पौडेल : ४६२
पेम्बा लामा : ४९३
भानुभक्त ढकाल : ११०८
महेश बस्नेत : १५४४
यामलाल कँडेल : ११८५
रचना खड्का : ८७७
राजन भट्टराई : ११८१
लालबाबु पण्डित : ४९६
विनोदप्रसाद ढकाल  ः ६८४
शेरधन राई : १५०३
हिक्मतकुमार कार्की : १३३७

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  १ : ३५ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस