२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया पूरा गर्न शुक्रबार रुपन्देही जान लागेकाछन् ।

नख्खु कारागारले रिहाइ प्रक्रिया अघि बढाउन लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याएको छ। केहीबेरमा उनी विमानमार्फत भैरहवा जानेछन्। जिल्ला अदालत रुपन्देहीबाट छुटपुर्जी लिई धरौटी रकम बुझाएपछि उनी थुनामुक्त हुनेछन्।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सशर्त धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी रुपन्देही जान लागेका हुन्।

जिल्ला अदालत रुपन्देहीले थुनछेकका क्रममा माग गरेको १ करोड रुपैयाँ धरौटी तथा लामिछानेले पेस गरेको बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानतसमेत स्वीकार गर्दै बिहीबार थुनामुक्त गर्न आदेश दिएको हो।

यसअघि लामिछानेले आफ्नो भागको बिगो रकम बराबरको बैंक जमानत दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो। त्यसपछि बिगो बमोजिमको रकम बुझाएर थुनाबाहिर बसेर मुद्दा लड्न पाउने मागसहित उनले उच्च अदालतमा निवेदन दिएका थिए।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ११ : १० बजे

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

म्याग्दी । प्रशासनिक कामले यसै हप्ता जिल्ला सदरमुकाम बेनी आएकी

तन सहरमा, मन गाउँ विकासमा : बुटवल-रामपुर जोड्दै सामाजिक अभियान

बुटवल । रुपन्देही-“जहाँ रहे पनि जन्मभूमिको माया र समुन्नतिका लागि

आजको मौसम : लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौंलगायत विभिन्न सहरबाट विस्थापित

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषद्को बैठक