४ पुस २०८२, शुक्रबार | December 19, 2025

फागुन २१ मै निर्वाचन हुनुपर्छ तर सरकारको कामले आशंका बढायो : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्।

आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ का स्थानीय नेताहरूसँगको भेटघाटमा उनले प्रजातन्त्रको मूल आधार नै निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान पूर्ण रूपमा तयार रहेको बताए।

कोइरालाले संविधान जोगाउने र मुलुकलाई वर्तमान सङ्क्रमणकालीन अवस्थाबाट बाहिर निकाल्ने एकमात्र माध्यम निर्वाचन भएको उल्लेख गरे। उनले भने, “हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ, तर सरकारको तयारी हेर्दा तोकिएकै समयमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंका पैदा भएको छ।”

सरकारले निर्वाचनका लागि अनुकूल वातावरण बनाउन नसकेको उनको आरोप छ। उनले थपे, “केही दलका नेताहरूलाई काठमाडौं बाहिर जान दिइएको छैन, लुटिएका हतियार अझै फिर्ता भएका छैनन्, कैदीहरू बाहिर छन्। यी विषयमा सरकारले के सोचिरहेको छ रु”

डा। कोइरालाले निर्वाचनलाई सफल बनाउन पार्टी पङ्क्तिलाई सक्रिय रूपमा जुट्न निर्देशनसमेत दिएका छन्।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  २ : १२ बजे

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका