काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बसेको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा केहीबेर अघि बैठक सुरु भएको हो ।
राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूले बिहीबार शपथ ग्रहण गरेका थिए ।
बैठकमा महाधिवेशनको समग्र समीक्षा, समसामयिक राजनीतिक कार्यदिशा, केन्द्रीय कमिटी सदस्यहरूको जिम्मेवारी बाँडफाँट, स्थायी कमिटी गठन तथा आगामी कार्ययोजनाबारे छलफल हुने जनाइएको छ ।
एमालेको ११ औँ महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

















प्रतिक्रिया