४ पुस २०८२, शुक्रबार | December 19, 2025

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त भएपछि पार्टीको मूल नेतृत्वमा फर्किने भएका छन् ।

कार्यबहाक सभापति डीपी अर्यालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् । ‘कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापतिज्यू तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुने व्यहोरा अवगत गराउँछौँ’, अर्यालले भनेका छन् ।

सहकारी ठगी मुद्दा खेपिरहेका उनलाई बिहीबार तुलसीपुर उच्च अदालतको बुटवल बेञ्चले थुनामुक्त गर्न आदेश दिएको थियो ।

अदालती प्रक्रिया पूरा गरी उनी आजै रिहा हुन लामिछाने काठमाडौंबाट भरतपुरहुँदै भैरहवा जाँदैछन् । भैरहवाको मौसम खराब मौसमका कारण भैरहवा विमानस्थल नखुलेपछि उनी दिउँसो भरतपुर पुगेका थिए ।

पछिल्लो समय लामिछाने नख्खु कारागारमा थिए ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ४ : ५३ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा