६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । नेपालको सबैभन्दा पुरानो तथा ठूलो विश्वविद्यालय त्रिविले पुस १० गते काठमाडौँस्थित दशरथ रंगशालामा आफ्नो ५९औँ दीक्षान्त समारोह आयोजना गर्ने भएको हो ।

आज राजधानीमा पत्रकार सम्मेलन गर्दै त्रिविले दीक्षान्त समारोह त्रिविको शैक्षिक यात्रामा एक महत्वपूर्ण, ऐतिहासिक तथा गौरवपूर्ण उपलब्धिका रूपमा स्थापित हुने विश्वास गरेको छ ।

२०८१ असार १ गतेदेखि २०८२ जेठ ३१ गतेसम्मको एक शैक्षिक सत्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विध्यावारिधि (पीएचडी) तहमा गरी जम्मा उत्तीर्ण ८९ हजार १९१ विद्यार्थीमध्ये १६ हजार ३८० जनाले दीक्षान्त समारोहमा सहभागी हुने भएका छन्।

त्रिविका अनुसार आवेदकहरूमध्ये स्नातक तहमा ११ हजार २३४ जना, अधिस्नातक तहमा १४ जना, स्नातकोत्तर तहमा ४ हजार ८६० जना, दर्शनाचार्य तहमा १२० जना तथा विद्यावारिधि तहमा १५२ जना रहेका छन् ।

साथै, २३ हजार ९८० जना अभिभावकरसंरक्षकले पनि सहभागिताका लागि आवेदन दिएका छन्। आमन्त्रित अतिथि तथा अन्य सहभागीहरू समेत करिब ४२ हजार जनाको उपस्थिति रहने अनुमान गरिएको त्रिविले जनाएको छ । पत्रकार सम्मेलनमा दीक्षान्त समारोहलाई त्रिविको इतिहासकै सबैभन्दा ठूलो समारोहमध्ये एक बनाउने त्रिविका अधिकारीहरुले दाबी गरे ।

यस समारोहमा करिब २५ वटा दीक्षान्त पदक तथा पुरस्कारहरू वितरण गरिनेछन्। साथै, कार्यक्रममा ४९ जना सिनेट सदस्यहरू गाउनसहित औपचारिक पोशाकमा सहभागी हुनु यस समारोहको एक प्रमुख आकर्षणका रूपमा रहनेछ ।

अन्तर्राष्ट्रिय शैक्षिक मूल्याङ्कनका सन्दर्भमा त्रिभुवन विश्वविद्यालयले पछिल्ला वर्षहरूमा विश्वस्तरीय उपस्थिति जनाउँदै आएको छ। टाइम्स हाइअर एजुकेसन (टीएचई) वर्ल्ड युनिभर्सिटी र्‍या‌ङ्किङ २०२५ अनुसार त्रिभुवन विश्वविद्यालय १५०१ ं समूहमा सूचीकृत रहेको छ भने एससीआईमागो इन्स्टिच्युसन्स र्‍यांकिङमा १३०० को आसपासको स्थानमा रहेको छ।

नोबेल पुरस्कार विजेता आउने
यस ५९औँ दीक्षान्त समारोहको विशेष आकर्षणका रुपमा जापानका भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिताप्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्।

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा पहिलो पटक नोबेल पुरस्कार विजेता उपस्थित हुने भएका हुन् । उनको उपस्थितीले त्रिविको अन्तर्राष्ट्रिय शैक्षिक प्रतिष्ठा, विश्वस्तरीय पहुँच तथा शैक्षिक उत्कृष्टतालाई उजागर गर्न सहयोग पुर्याउने त्रिविले अपेक्षा गरेको छ ।

यस समारोहको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका कुलपति तथा नेपाल सरकारका प्रधानमन्त्री विज्ञान सुशीला कार्कीले गर्नेछिन्। उनी नेपालको इतिहासकी पहिलो महिला प्रधानमन्त्री पनि हुन्। शिक्षा, तथा प्रविधि मन्त्री तथा त्रिवि सहकुलपति महावीर पुन विशेष अतिथिका रूपमा सहभागी हुनेछन्।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ४ : ५३ बजे

आज विश्व हिमनदी दिवस

काठमाडौं । आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई