४ पुस २०८२, शुक्रबार | December 19, 2025

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ



काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँबाट आज एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका बस्ने वर्ष ४२ का दीपेन्द्र अग्रवाल रहेका छन् । अनुसन्धानमा ४९ लाख बढीको शेयरमा झुटो कारोबार गरेको पाइएपछि आजै पक्राउ अनुमति लिई उनलाई आजै पक्राउ गरिएको सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार प्रतिवादी दीपेन्द्र अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर खरिद गरी धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरेको पाइएको छ ।

उनले उच्च मूल्यमा शेयर बिक्री गरी करिब रु ४९ लाख १९ हजार ८६५ कानुन विपरीत नाफा आर्जन गरेको पाइएको सिआइबीले जनाएको छ । अग्रवालले अन्य टिएमएस युजर प्रयोग गरी आपसी खरिद–बिक्री तथा आफन्त/सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको तथा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएको सिआइबीले जनाएको छ ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४ (क) र (ख) र दफा ९५ बमोजिम झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसुर गरेको भन्ने नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा अग्रवाललाई पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

अग्रवाललाई आजै काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त गरी खोजतलासका क्रममा काठमाडौँ महानगरपालिका ४ चुनदेवीबाट आजै पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको सिआइबीले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ९ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको