२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’



काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी आगामी बुधबार स्वदेश फर्कन लागेका राजदूत छनले यहाँस्थित चिनियाँ दूतावासमा आयोजित बिदाइ समारोहमा आफू जुनसुकै जिम्मेवारीमा रहे पनि नेपाललाई सक्दो सहयोग गरिरहने बताए । नेपाल र नेपाली आफ्नो मनमष्तिष्कमा सधैँ रहने उल्लेख गर्दै उनले नेपाल सरकार, कर्मचारी वर्ग, कूटनीतिक वृत्तका सहकर्मी, सञ्चारकर्मीका साथै नेपाली समाजका हरेक क्षेत्रबाट प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गरे ।

समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, पूर्वमन्त्री, उद्योगपति, वरिष्ठ सञ्चारकर्मी, कलाकारलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ५ : ३३ बजे

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको

नौ दिनमै क्यान बोर्ड सदस्यबाट गुञ्जन शाहलाई फिर्ता बोलाइयो

काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको  नौ दिनमै नेपाल क्रिकेट

दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो, २३.९ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा

पश्चिम नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना

काठमाडौं। पश्चिम नेपालका विभिन्न भूभागमा आज र भोलि मेघगर्जन तथा

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन