बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र अर्जुन पौडेलका छोरा हत्यामा संलग्नलाई पहिचान गरी हदै सम्मको कारवाही गर्न माग गरेको छ ।
संघले आईतबार एक विज्ञप्ती प्रकाशन गरी रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ३ धौलागिरी चोकका व्यवसायी, बुटवल उद्योग वाणिज्य संघकी सदस्य रमा पौडेल र अर्जुन पौडेलका छोरा १७ वर्षीय ईशान पौडेल हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न माग गरेको हो । ईशानको यहि पुस ३ गते बिहिबार राती घर नजिकै हत्या भएको थियो ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालद्वारा जारी विज्ञप्तीमा घटनाको निन्दा गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन र हदै सम्मको कारवाही गर्न माग गरिएको छ । नयाँ पुस्ताका ऊर्जावान र होनहार युवाको जघन्य हत्या हुनु दुःखद र निन्दनीय रहेको संघले जनाएको छ ।
संघले घटनामा संलग्नलाई पहिचान गरी छिटोभन्दा छिटो कडा कारबाही गर्न र समाजमा शान्ति सुरक्षा कायम प्रहरी प्रशासनलाई आग्रह गर्दै यस्ता घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धानले कारवाहीले समाजमा शान्ति सुरक्षा कायम गर्न सघाउ पुर्याउने पनि उल्लेख गरिएको छ ।



















प्रतिक्रिया