६ श्रावण २०८३, बुधबार | July 22, 2026

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु



बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको आयोजनामा तिलोत्तमा ८ स्थित कुवँरवर्ती स्कुलको प्रागँणमा सोमबारबाट छात्र छात्रा दुवै विधातर्फका खेलहरु शुरु गरिएको खेल संयोजक तथा हिसान रुपन्देहीका कावा सचिव लक्ष्मण अर्यालले जानकारी दिए ।

वेष्ट अफ थ्रीको नियमानुसार खेलाइएको प्रतियोगितामा छात्र तर्फ १७ वटा टिम र छात्रातर्फ १२ वटा टोलीले प्रतिस्प्रर्धामा भाग लिएको अर्यालले बताए । सोमबार पहिलो दिन पहिलो चरणका खेलहरु सम्पन्न भएका छन । जसमा छात्रतर्फ ६ खेल सम्पन्न भएकोमा बुद्ध पब्लिक, इडन बोर्डिगँ, होराइजन जिविएस, अक्सफोर्ड मावि, सेन्ट जोसेफ, एभरेष्ट बोर्डिङ विजयी भई दोस्रो चरणमा प्रवेश गरेका छन् ।

यस्तै छात्रातर्फ ६ खेल सम्पन्न भएकोमा सिद्धार्थ बोर्डिङ, होराइजन जिविएस, कुवँरवर्ती स्कुल, काशी नोबेल लगायत विजयी भएका छन । यसअघि सोेमबार आयोजित उद्घाटन सत्रमा अध्यक्षको आसनबाट बोल्दै हिसान रुपन्देहीका अध्यक्ष कृष्ण न्यौपानेले शैक्षिकसँगसँगै बौद्धिक तथा खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीलाई अब्बल बनाउने गरि कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा राष्ट्रीय परिक्षा प्रदेश प्रमुख रमाकान्त तिवारी, विशिष्ट अतिथि हिसान केन्द्रिय निर्देशक प्रोफेसर आरसी आचार्य, प्याब्सन रूपन्देहीका अध्यक्ष दीपक खनाल, अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, हिसानका प्रमुख सल्लाहकार दिनेश भुषाल, लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ९ : ०१ बजे

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले