८ पुस २०८२, मंगलबार | December 23, 2025

सरकारी टोलीद्वारा पेरिसडाँडास्थित नेकपाको कार्यालयमा अनुगमन



काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (साविक माओवादी केन्द्र० को केन्द्रीय कार्यालयमा सरकारी टोलीले अनुगमन गरेको छ।

सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले पेरिसडाँडास्थित कार्यालय पुगेर आगलागीबाट भएको क्षतिको स्थलगत अनुगमन गरेको हो। अनुगमनका क्रममा टोलीले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता तथा छलफलसमेत गरेको छ।

टोलीमा सूचना तथा सञ्चार मन्त्री माननीय जगदीश खरेल, कानुन मन्त्री अनिल कुमार सिन्हा तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजय भद्र खनाल सहभागी थिए। भदौ २४ गते भएको आगलागीका कारण पार्टी कार्यालयमा पुगेको क्षतिको अवस्था बुझ्दै उनीहरूले आवश्यक समन्वय र पहलका विषयमा छलफल गरेका हुन्।

प्रचण्डको सचिवालयका अनुसार सरकारी टोलीले घटनापछि उत्पन्न परिस्थितिबारे जानकारी लिँदै निर्वाचन र राजनीतिक संवादका विषयमा समेत छलफल गरेको छ ।

यसअघि सरकारी टोलीले नेकपा एमाले र नेपाली कांग्रेसको कार्यालयको पनि अनुगमन गरेको थियो ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ३ : १५ बजे

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र