२५ माघ २०८२, आइतबार | February 9, 2026

सरकारी टोलीद्वारा पेरिसडाँडास्थित नेकपाको कार्यालयमा अनुगमन



काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (साविक माओवादी केन्द्र० को केन्द्रीय कार्यालयमा सरकारी टोलीले अनुगमन गरेको छ।

सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले पेरिसडाँडास्थित कार्यालय पुगेर आगलागीबाट भएको क्षतिको स्थलगत अनुगमन गरेको हो। अनुगमनका क्रममा टोलीले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता तथा छलफलसमेत गरेको छ।

टोलीमा सूचना तथा सञ्चार मन्त्री माननीय जगदीश खरेल, कानुन मन्त्री अनिल कुमार सिन्हा तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजय भद्र खनाल सहभागी थिए। भदौ २४ गते भएको आगलागीका कारण पार्टी कार्यालयमा पुगेको क्षतिको अवस्था बुझ्दै उनीहरूले आवश्यक समन्वय र पहलका विषयमा छलफल गरेका हुन्।

प्रचण्डको सचिवालयका अनुसार सरकारी टोलीले घटनापछि उत्पन्न परिस्थितिबारे जानकारी लिँदै निर्वाचन र राजनीतिक संवादका विषयमा समेत छलफल गरेको छ ।

यसअघि सरकारी टोलीले नेकपा एमाले र नेपाली कांग्रेसको कार्यालयको पनि अनुगमन गरेको थियो ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ३ : १५ बजे

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद

सुदुरपश्चिम प्रदेशसभामा नेकपाको समायोजन

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय