९ पुस २०८२, बुधबार | December 24, 2025

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित



बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनको दोस्रो बैठकले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याइएको बजेट तथा कार्यक्रमको समीक्षा गर्दै संशोधन प्रस्तावसहित सातवटा प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।

नगरसभाले यसअघि विभिन्न मितिमा बसेका नगर कार्यपालिका बैठकबाट नगरसभामा पेस गर्नका लागि गरिएका निर्णयहरूलाई समेत अनुमोदन गरेको छ । साथै, प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी ऐन, २०८२ को संशोधन प्रस्ताव, जलस्रोत उपयोग ऐन, २०८० को दोस्रो संशोधन (२०८२) सम्बन्धी प्रस्तावलगायतका महत्वपूर्ण प्रस्तावहरू पनि सर्वसम्मतिले पारित गरिएको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

नगरसभाको बैठक समापन गर्दै नगर प्रमुख पाण्डेयले सभाबाट पारित भएका सबै निर्णय तथा प्रस्तावहरूको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित महाशाखा तथा शाखा प्रमुखहरूलाई निर्देशन दिए । उनले वर्तमान चुनौतीपूर्ण अवस्थाबीच पनि विकास निर्माणका कामलाई निरन्तरता दिनुपर्ने, जनताले अपेक्षा गरेअनुसार सुशासन कायम गर्नुपर्ने र वडा तथा पालिकामा सेवा लिन आउँदा नागरिकले सास्ती नखेप्ने गरी विधि र प्रक्रिया निर्माण गर्नुपर्नेमा जोड दिए ।

नगर प्रमुख पाण्डेयले कर्मचारीहरूलाई जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै पारदर्शिता, उत्तरदायित्व र कार्यकुशलताका साथ काम गर्न आग्रह गर्दै नगरसभाबाट पारित नीति तथा कार्यक्रमले बुटवलको समग्र विकास र सुशासन सुदृढ गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ९ : ४२ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना