२५ माघ २०८२, आइतबार | February 8, 2026

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित



बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनको दोस्रो बैठकले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याइएको बजेट तथा कार्यक्रमको समीक्षा गर्दै संशोधन प्रस्तावसहित सातवटा प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।

नगरसभाले यसअघि विभिन्न मितिमा बसेका नगर कार्यपालिका बैठकबाट नगरसभामा पेस गर्नका लागि गरिएका निर्णयहरूलाई समेत अनुमोदन गरेको छ । साथै, प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी ऐन, २०८२ को संशोधन प्रस्ताव, जलस्रोत उपयोग ऐन, २०८० को दोस्रो संशोधन (२०८२) सम्बन्धी प्रस्तावलगायतका महत्वपूर्ण प्रस्तावहरू पनि सर्वसम्मतिले पारित गरिएको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

नगरसभाको बैठक समापन गर्दै नगर प्रमुख पाण्डेयले सभाबाट पारित भएका सबै निर्णय तथा प्रस्तावहरूको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित महाशाखा तथा शाखा प्रमुखहरूलाई निर्देशन दिए । उनले वर्तमान चुनौतीपूर्ण अवस्थाबीच पनि विकास निर्माणका कामलाई निरन्तरता दिनुपर्ने, जनताले अपेक्षा गरेअनुसार सुशासन कायम गर्नुपर्ने र वडा तथा पालिकामा सेवा लिन आउँदा नागरिकले सास्ती नखेप्ने गरी विधि र प्रक्रिया निर्माण गर्नुपर्नेमा जोड दिए ।

नगर प्रमुख पाण्डेयले कर्मचारीहरूलाई जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै पारदर्शिता, उत्तरदायित्व र कार्यकुशलताका साथ काम गर्न आग्रह गर्दै नगरसभाबाट पारित नीति तथा कार्यक्रमले बुटवलको समग्र विकास र सुशासन सुदृढ गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ९ : ४२ बजे

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद

सुदुरपश्चिम प्रदेशसभामा नेकपाको समायोजन

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय