१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको आगामी १५औँ महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यता सम्बन्धी विषयमा थप छलफल हुने भएको छ ।

हिजोदेखि सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन तयारी, क्रियाशील सदस्यता नवीकरण तथा संगठन सुदृढीकरणसम्बन्धी विषयमा विस्तृत ब्रिफिङ गरेका थिए । उनले प्रस्तावित कार्यतालिकाअनुसार वडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरेपछि सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन् ।

बैठकमा सहभागी अधिकांश सदस्यहरूले भने महाधिवेशनको कार्यतालिका यथार्थपरक र व्यवहारिक बनाउनुपर्नेमा जोड दिएका छन् । कतिपय सदस्यले समय व्यवस्थापन, सांगठनिक तयारी र स्थानीय तहको अवस्था मध्यनजर गर्दै कार्यतालिका परिमार्जन गर्नुपर्ने सुझाव राखेका छन् ।

आजको बैठकमा पनि सदस्यहरूको धारणा सुन्ने क्रम जारी रहने बताइएको छ । बैठकले अन्ततः महाधिवेशनको संशोधित कार्यतालिका पारित गर्ने कि महामन्त्री थापाको प्रस्तावअनुसार नै अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्नेछ ।

पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने र समयमै महाधिवेशन सम्पन्न गर्ने विषयलाई बैठकले विशेष प्राथमिकतामा राखेको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ८ : ३५ बजे

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै