१० पुस २०८२, बिहिबार | December 25, 2025

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको आगामी १५औँ महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यता सम्बन्धी विषयमा थप छलफल हुने भएको छ ।

हिजोदेखि सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन तयारी, क्रियाशील सदस्यता नवीकरण तथा संगठन सुदृढीकरणसम्बन्धी विषयमा विस्तृत ब्रिफिङ गरेका थिए । उनले प्रस्तावित कार्यतालिकाअनुसार वडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरेपछि सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन् ।

बैठकमा सहभागी अधिकांश सदस्यहरूले भने महाधिवेशनको कार्यतालिका यथार्थपरक र व्यवहारिक बनाउनुपर्नेमा जोड दिएका छन् । कतिपय सदस्यले समय व्यवस्थापन, सांगठनिक तयारी र स्थानीय तहको अवस्था मध्यनजर गर्दै कार्यतालिका परिमार्जन गर्नुपर्ने सुझाव राखेका छन् ।

आजको बैठकमा पनि सदस्यहरूको धारणा सुन्ने क्रम जारी रहने बताइएको छ । बैठकले अन्ततः महाधिवेशनको संशोधित कार्यतालिका पारित गर्ने कि महामन्त्री थापाको प्रस्तावअनुसार नै अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्नेछ ।

पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने र समयमै महाधिवेशन सम्पन्न गर्ने विषयलाई बैठकले विशेष प्राथमिकतामा राखेको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ८ : ३५ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु