१० पुस २०८२, बिहिबार | December 25, 2025

बालेनलाई भेटन् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगे कुपण्डोल



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई भेट्न कुपण्डोल पुगेका छन् । बालेन बसोबास गर्दै आएको कुपण्डोलस्थित कुमार व्यञ्जनकारको निवासमा पुगेर भट्टराईले उनीसँग भेटवार्ता गरेका हुन् ।

राजनीतिक रूपमा सक्रियता बढाइरहेका बालेनसँग पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिँदै गएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि सोही स्थानमा बालेनसँग लामो समय छलफल गरेका थिए । त्यसैगरी पूर्व सांसद डा. अमरेशकुमार सिंह पनि बालेनलाई भेट्न पुगेका थिए ।

भेटघाटको विषयवस्तुबारे औपचारिक जानकारी सार्वजनिक नगरिए पनि समसामयिक राजनीतिक परिस्थिति, आगामी निर्वाचन, वैकल्पिक राजनीतिक धार र सम्भावित सहकार्यबारे छलफल भएको अनुमान गरिएको छ । पछिल्लो समय बालेनको राजनीतिक सक्रियता र सम्भावित भावी भूमिकालाई लिएर विभिन्न राजनीतिक वृत्तमा चासो बढ्दै गएको छ ।

विशेषगरी नयाँ र वैकल्पिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल चलिरहेका बेला बालेनसँग लगातार भइरहेका यी भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार यी भेटहरूले आगामी दिनमा नयाँ समीकरण वा साझा राजनीतिक मोर्चाको संकेत पनि गर्न सक्छन् ।

हालसम्म भेटवार्ताका विषयमा आधिकारिक धारणा सार्वजनिक गरिएको छैन । तर बालेन, रवि लामिछाने र बाबुराम भट्टराईजस्ता प्रभावशाली नेताहरूबीच बढ्दो संवादले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याउने संकेत देखिएको छ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ४ : ३६ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न