१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

बालेनलाई भेटन् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगे कुपण्डोल



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई भेट्न कुपण्डोल पुगेका छन् । बालेन बसोबास गर्दै आएको कुपण्डोलस्थित कुमार व्यञ्जनकारको निवासमा पुगेर भट्टराईले उनीसँग भेटवार्ता गरेका हुन् ।

राजनीतिक रूपमा सक्रियता बढाइरहेका बालेनसँग पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिँदै गएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि सोही स्थानमा बालेनसँग लामो समय छलफल गरेका थिए । त्यसैगरी पूर्व सांसद डा. अमरेशकुमार सिंह पनि बालेनलाई भेट्न पुगेका थिए ।

भेटघाटको विषयवस्तुबारे औपचारिक जानकारी सार्वजनिक नगरिए पनि समसामयिक राजनीतिक परिस्थिति, आगामी निर्वाचन, वैकल्पिक राजनीतिक धार र सम्भावित सहकार्यबारे छलफल भएको अनुमान गरिएको छ । पछिल्लो समय बालेनको राजनीतिक सक्रियता र सम्भावित भावी भूमिकालाई लिएर विभिन्न राजनीतिक वृत्तमा चासो बढ्दै गएको छ ।

विशेषगरी नयाँ र वैकल्पिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल चलिरहेका बेला बालेनसँग लगातार भइरहेका यी भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार यी भेटहरूले आगामी दिनमा नयाँ समीकरण वा साझा राजनीतिक मोर्चाको संकेत पनि गर्न सक्छन् ।

हालसम्म भेटवार्ताका विषयमा आधिकारिक धारणा सार्वजनिक गरिएको छैन । तर बालेन, रवि लामिछाने र बाबुराम भट्टराईजस्ता प्रभावशाली नेताहरूबीच बढ्दो संवादले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याउने संकेत देखिएको छ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ४ : ३६ बजे

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास