१० पुस २०८२, बिहिबार | December 25, 2025

फेरि पुरानै शक्तिको उदय भए ठूलो दुर्भाग्य : कुलमान घिसिङ



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी फागुन २१ को निर्वाचनलाई नयाँ शक्तिको उदयको अवसरको रूपमा लिनुपर्ने बताएका छन् । उज्यालो नेपाल पार्टीको कार्यलय उद्घाटन गर्दै मन्त्री घिसिङले फेरि पुरानै शक्तिको उदय भए ठूलो दुर्भाग्य हुने चेतावनीसमेत दिएका छन् ।

उनका अनुसार, फागुन २१ को चुनाव केवल चुनावका रूपमा नभई नयाँ राजनीतिक शक्तिको उदयको प्रस्थानबिन्दु हुनुपर्छ । “जेनजी आन्दोलनको ‘स्प्रिड’ देशमा सुशासन कायम गर्ने, रोजगारी सिर्जना गर्ने र देशको समृद्धिका लागि अगाडि बढ्ने थियो । यदि चुनावपछि फेरि पुरानै शक्तिको उदय भयो भने त्यो भन्दा ठूलो दुर्भाग्य केही हुँदैन,” मन्त्री घिसिङले भने ।

उनले जेनजी आन्दोलनबाट स्थापित सरकारले तोकिएको समयमा निर्वाचन गर्ने वातावरण बनाएको र देशमा अहिले चुनावको माहोल बढ्दै गएको उल्लेख गरे । नयाँ राजनीतिक दल, समूह र व्यक्तिहरू एकताबद्ध भएर देशको समृद्धि, सुशासन र सामाजिक न्यायको स्थापनाका लागि अघि बढ्नुपर्ने आवश्यकता पनि उनले औंल्याए ।

उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहेका मन्त्री घिसिङले भने कि पार्टीको छोटो अवधिमा नै देशभर तरंग ल्याएको छ । नेपाली जनताको चाहनाअनुसार नयाँ शक्ति एकठाउँमा आएर समृद्धि र विकासको दिशामा अघि बढ्नुपर्छ भन्नेमा उनको जोड छ ।

मन्त्री घिसिङले फागुन २१ को चुनावलाई नयाँ शक्ति उदयको प्रस्थानबिन्दु बनाउनुपर्नेमा जोड दिनुका साथै चुनावको परिणामले देशको भविष्य निर्धारण गर्ने दाबी पनि गरेका छन् ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ५ : २५ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न