१ चैत्र २०८२, आइतबार | March 15, 2026

प्रधानमन्त्री कार्कीद्वारा तीन दलका शीर्ष नेताको बैठक आह्वान



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा छलफल गर्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको संयुक्त बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का शीर्ष नेताहरूलाई बैठकका लागि निमन्त्रणा गरेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त बैठक शनिबार बस्ने तय भएको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक सहमति, सुरक्षा व्यवस्थापन तथा समग्र तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बिहान नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरी बैठकको निम्तो दिएका छन् । त्यस्तै उनले मध्यान्ह नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरी औपचारिक रूपमा बैठकमा सहभागी हुन आग्रह गरेका छन् । मन्त्री खरेलले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी निम्तो दिने कार्यक्रम रहेको जनाएका छन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय बनाउन सबै प्रमुख राजनीतिक दलबीच सहकार्य र साझा समझदारी आवश्यक रहेको भन्दै उक्त बैठकलाई महत्वपूर्ण मानिएको छ । बैठकमा निर्वाचन तयारी, सुरक्षा अवस्था, राजनीतिक सहमति र सम्भावित चुनौतीबारे व्यापक छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  २ : ४९ बजे

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ । सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा