११ पुस २०८२, शुक्रबार | December 26, 2025

प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् विस्तार, बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी छन् । नवनियुक्त मन्त्री शर्माले आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथग्रहण समारोहमा राष्ट्रपति, प्रधानमन्त्री तथा उच्चपदस्थ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो । शर्माको नियुक्तिसँगै वर्तमान अन्तरिम मन्त्रिपरिषद् १५ सदस्यीय बनेको छ ।

परराष्ट्रमन्त्रीमा नियुक्त भएका शर्माले यसअघि माओवादी लडाकु समायोजन समितिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । साथै, कोभिड-१९ महामारीको समयमा बनेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा समेत उनले सक्रिय रूपमा काम गरेका थिए । सुरक्षा, समन्वय तथा व्यवस्थापन क्षेत्रमा उनको अनुभवलाई ध्यानमा राख्दै प्रधानमन्त्री कार्कीले उनलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताइएको छ ।

प्रधानमन्त्री कार्कीले सरकार गठनको क्रममा समावेशीता, अनुभव र राष्ट्रिय हितलाई प्राथमिकतामा राखिएको बताउँदै नयाँ मन्त्रीको कार्यकालले कूटनीतिक सम्बन्ध सुदृढ गर्न र अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

नवनियुक्त परराष्ट्रमन्त्री शर्माले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै नेपालका परराष्ट्र सम्बन्धलाई सुदृढ बनाउने, छिमेकी तथा मित्रराष्ट्रहरूसँग सहकार्य विस्तार गर्ने र राष्ट्रिय हितलाई सर्वोपरि राखेर काम गर्ने बताएका छन् ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  २ : ५३ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको