२३ बैशाख २०८३, बुधबार | May 7, 2026

पुस १५ लाई ‘राष्ट्रिय च्याउ दिवस’ घोषणा, मन्त्रिपरिषद् बैठकबाट महत्वपूर्ण निर्णयहरू



काठमाडौं । सरकारले प्रत्येक वर्ष पुस १५ गतेलाई ‘राष्ट्रिय च्याउ दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिएका हुन् ।

मन्त्रिपरिषद् बैठकले कृषि क्षेत्रको विविधीकरण, पोषण सुरक्षाको प्रवर्द्धन र किसानको आय वृद्धि गर्ने उद्देश्यले च्याउ खेतीलाई प्रवर्द्धन गर्ने नीति अन्तर्गत राष्ट्रिय च्याउ दिवस मनाउने निर्णय गरेको हो । यसले च्याउ उत्पादन, उपभोग र व्यवसायिकरणलाई प्रोत्साहन गर्ने सरकारको अपेक्षा रहेको छ ।

बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गर्ने निर्णय पनि गरेको छ । यससँगै नागरिकता सम्बन्धी विभिन्न प्रक्रियाहरू थप सहज हुने सरकारको विश्वास छ । साथै वैदेशिक रोजगारीका क्रममा इराक गएका र त्यहाँको भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल फर्किएपछि रेसिडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेश गरेमा श्रम स्वीकृति प्रदान गर्न सकिने निर्णय भएको छ ।

त्यस्तै, जापानमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा लागू रहेको पुरानो निर्देशिका खारेज गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । यसले वैदेशिक रोजगारी व्यवस्थापन प्रणालीलाई थप सरल र व्यवस्थित बनाउने सरकारको लक्ष्य रहेको बताइएको छ ।

यसैबीच, मन्त्रिपरिषद् बैठकले देशका विभिन्न स्थानमा ९ वटा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको छ । यसले स्थानीय स्तरमै सेवा प्रवाहलाई प्रभावकारी बनाउने र नागरिकलाई सहज पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ ।

सरकारले पछिल्लो समय सेवा प्रवाह, प्रशासनिक सुधार र रोजगारी प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै निरन्तर निर्णयहरू गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ७ : ४७ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा