२५ चैत्र २०८२, बुधबार | April 9, 2026

जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले दिए ६ पृष्ठको लिखित बयान (पूर्णपाठसहित)



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगमा उपस्थित भएर लिखित बयान दिएका छन्।

जेनजी आन्दोलनका क्रममा आफू गृहमन्त्री रहेका बेला भएका घटनासम्बन्धी विषयमा उनले आयोग कार्यालय पुगेर ६ पृष्ठको बयान बुझाएका हुन्।

भदौ २३ गतेको घटनाका सन्दर्भमा लेखकले त्यस दिन सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिएको उल्लेख गरेका छन्। उनका अनुसार पहिलो प्राथमिकता कुनै पनि प्रकारको हताहती नहोस भन्ने थियो। “कुनै क्याजल्टी नहोस्, कुनै व्यक्तिको ज्यान जाने अवस्था नआओस् भन्नेमा विशेष ध्यान दिन आग्रह गरेको थिएँ,” उनले बयानमा भनेका छन्।

उनले त्यस दिन शान्ति–सुरक्षा व्यवस्थापनका लागि समन्वयात्मक रूपमा काम गर्न निर्देशन दिएको र आन्दोलन राजनीतिक दलद्वारा आयोजित नभएकाले नेतृत्वविहीन हुनसक्ने सम्भावना रहेकोतर्फ सचेत गराएको बताएका छन्। साथै प्रदर्शनमा घुसपैठ हुनसक्ने भन्दै सुरक्षा निकायलाई सतर्क रहन आग्रह गरिएको उनले स्पष्ट पारेका छन्। लेखकका अनुसार बैठकमा दिएको निर्देशनको सार यही मात्र थियो।

आयोगसमक्ष जवाफ दिएपछि आयोजित पत्रकारसम्मेलनमा लेखकले कुनै विषयमा प्रश्न उठिसकेपछि त्यसको जवाफ दिनु लोकतान्त्रिक मूल्यमान्यताअनुसार स्वाभाविक प्रक्रिया हुने बताए।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ३ : २९ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास