७ आश्विन २०८३, बुधबार | September 23, 2026

सोमबारदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सञ्चालनमा कठिनाइ



नवलपुर । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्नेमा सोमबार बिहानदेखि अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन । केही दिनदेखिको शीतलहरले सडक चिप्लो तथा हिलाम्य बनेपछि अवरुद्ध भएको हो । दाउन्नेस्थित खुर्सानी खोला आसपासको सडकमा सवारीसाधन चिप्लिने र उकालो चढ्न नसक्ने समस्या देखिएपछि सोमबार बिहानदेखि राजमार्गमा समस्या भइरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद जोशीका अनुसार सवारीसाधनको जाम विस्तारै हटाउने प्रयास भइरहेको छ । बाक्लो हुस्सु र चिप्लो सडकका कारण सवारी सञ्चालनमा कठिनाइ भएको पनि उनले बताए ।

जोशीका अनुसार दाउन्नेबाट दुम्कीबास जङ्गलसम्म करिब एक हजार पाँच सय सवारीसाधन जाममा फसेका छन् । नारायणगढ–बुटवल सडक योजना पश्चिम खण्डका सूचना अधिकारी ई विकास खनालले निर्माणाधीन क्षेत्रमा शीतलहरको प्रभाव अझ बढिरहेको जानकारी दिए ।

विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले सोमबारदेखि समस्या भएपछि यात्रुलाई निकै सास्ती भएको बताए । “चिसोले बालबालिका, महिला तथा ज्येष्ठ नागरिकलाई निकै दुःख भएको छ । घण्टौँदेखि गन्तव्य नपुगेका यात्रु र सडकमै रोकिएका मालबाहक सवारीले दाउन्नेदेखि दुम्कीवाससम्मको अवस्था थप कष्टकर बनिरहेको छ”,उनले भने ।

यसैबीच आयोजनाले आज सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । साथै सवारीसाधन सञ्चालन गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न र सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १० : २२ बजे

कांग्रेसको ५१२ पालिकामा अधिवेशन सुरु

ललितपुर । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ७५३ पालिकामध्ये

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक