५ श्रावण २०८३, मंगलबार | July 21, 2026

किया नेपालको शोरुम बुटवलको कालिकानगरमा सञ्चालन



बुटवल । किया नेपालले बुटवलको कालिकानगरमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कन्टिनेन्टल टे«डिङ इन्टरपाइजेज प्रालिले नविनतम सवारी साधनको प्रदर्शनी, व्यबसायिक विक्री परामर्श तथा यस क्षेत्रका ग्राहकलाई सहज सेवा उपलब्ध गराउने गरी अंग्रेजी नयाँ वर्ष सन् २०२६ को अवसर पारेर बिहीबार शोरुम सचालनमा ल्याएको हो ।

सो अवसरमा बोल्दै बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्ति अधिकारीले मध्ययम वर्ग चढन सक्ने गाडीहरु पनि बजारमा भित्राउन किया नेपाललाई आग्रह गरे ।

अधिकारीले बुटवल सबै क्षेत्रका हबको रुपमा विकास भएको भन्दै अटो क्षेत्रको लागि नारायणी पश्चिम बुटवल केन्द्र बनेको बताए । कन्टिनेन्टल टेडिङ इन्टरपाइजेज प्रालिका डाइरेक्टर रेखा घिमिरेले आफूहरु कियासँगको सहकार्य ३० वर्षदेखि रहेको बताउदै ग्राहकलाई सबै प्रकारका सेवा गुणस्तरीय र सुलभ दरमा दिने बताइन् ।

कार्यक्रममा टंकप्रसाद भटटले किया विश्भर परिचित अटोमोबाइल ब्राण्ड रहेको बताए । कियाले देशभर आफ्नो शाखा विस्तार गर्दै २०२६ भित्र इभि, पेट्रोल लगायक ३ नयाँ मोडलका गाडी भित्राउने बताए । कार्यक्रममा अनिश लामिछानेले कियाका सवारी साधानप्रति बढ्दो माग पूरा गर्न बुटवल शोरुमले महत्वपूर्ण भूमिका खेल्ने बताए । जसले नवप्रवर्तन, गुणस्तर र ग्राहक सन्तुष्टीप्रति किया ब्राण्डको दृष्टीकोणलाई समर्थन गर्नेछ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ६ : २५ बजे

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको