२७ असार २०८३, शनिबार | July 11, 2026

चोरीका नगद तथा गरगहनासहित दाङबाट एक जना पक्राउ



काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ बालुवाटारबाट ठूलो रकम तथा विभिन्न गरगहना चोरी गरी फरार रहेका व्यक्तिलाई चोरिएको रकमसहित प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार बालुवाटारको स्र्टोर्म नेटवर्क प्रालिको रु ४८ लाख ७२ हजार र इको भ्याली प्रालिको रु आठ लाख ५८ हजार चोरी गरेका काठमाडौँ महानगरपालिका–२ खुर्सीनिटारका २४ वर्षीय दुर्गाबहादुर केसीलाई पक्राउ गरिएको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक प्रविण धितालले यही पुस १२ गते ठूलो रकम चोरी गरेर फरार रहेका उनलाई दाङ प्रहरीको सहयोगमा नगदसहित पक्राउ गरिएको जानकारी दिए ।

यही पुस १२ गते राति चोरी गरी फरार रहेका निजलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङसमेतको समन्वयमा तुलसीपुर उपमहानगरपालिका–६ बाट पक्राउ गरी उनलाई काठमाडौँ ल्याइएको छ । उनको साथबाट प्रहरीले रु ६५ लाख १७ हजार नगदसहित चाँदीको ब्रास्लेट थान १५, चाँदीकोे सिक्का थान २८ र चाँदीजस्तो देखिने सेतो धातु थान एक र ल्यापटप बरामद गरिएको उपत्यका प्रहरीले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ७ : ११ बजे

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका