१ चैत्र २०८२, आइतबार | March 15, 2026

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा नियमित महाधिवेशन स्थगितको घोषणा, विशेष महाधिवेशन आह्वान



काठमाडौं । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशनको कार्यतालिका स्थगित गर्दै विशेष महाधिवेशनको आह्वान गरेका छन् ।

बिहीबार जारी सूचनामार्फत महामन्त्रीद्वयले पुस २६–२८ मा गर्ने भनिएको नियमित महाधिवेशन स्थगित गरिएको जनाउँदै आगामी पुस २७–२९ गते विशेष महाधिवेशन गर्ने तयारी गरिएको जानकारी दिएका हुन्। संस्थापन पक्ष तयार नभए पनि विशेष महाधिवेशन आह्वान गर्ने निर्णयमा आफूहरू पुगेको उनीहरूको भनाइ छ।

महामन्त्रीले विशेष महाधिवेशन आह्वान गर्नुअघि काठमाडौंको भृकुटीमण्डपलाई बुकिङ गरिसकेका छन् । यस्तै महामन्त्री थापा प्रतिवेदन लेख्न भन्दै धुलिखेलतिर लागेका छन् ।
महामन्त्रीद्वयले जारी गरेको सूचनामा मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्ने गरी यसै सूचनामार्फत स्थगित गरिएको उल्लेख छ।

महाधिवेशनको मिति तय भएसँगै क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा पुगेको जानकारी पनि महामन्त्रीद्वयले दिएका छन्। हालसम्म ५ लाख ७९ हजार ३ सय ९५ क्रियाशील सदस्यता नवीकरण सम्पन्न भइसकेको र खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लामा जिल्ला कार्यसमितिबाट प्रक्रिया टुंगिएपछि कुल नवीकरण संख्या करिब ६ लाखभन्दा बढी पुग्ने अनुमान गरिएको छ। यस अवधिमा १ लाख ९५ हजार ७ सय ३७ नयाँ क्रियाशील सदस्यता इन्ट्री भएको पनि उनीहरूले जनाएका छन्।

महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गर्न कार्यवाहक सभापतिलाई आग्रह गरिने तर तोकिएको समयभित्र नबोलाइए महामन्त्रीहरूले नै बोलाउने निर्णय भएको बताएका छन्। यसअघि कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै असोज २८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दर्ता गराएका थिए।

पार्टी विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरेमा तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ। तर संस्थापन पक्षले यस व्यवस्थालाई बेवास्ता गर्दै अघि बढ्न खोजेपछि विशेष महाधिवेशन बोलाउनुपर्ने अवस्था सिर्जना भएको उनीहरुले बताएका छन् ।

विशेष महाधिवेशनलाई कमजोर बनाउने उद्देश्यले संस्थापन पक्षको सहमतिमा पुस २६-२८ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका ल्याइएको थियो। तर क्रियाशील सदस्यताको वितरण र नवीकरण सूची सबै जिल्लाबाट नआएकाले कार्यतालिका प्रभावित भएको हो।

थापा र शर्माको कदमले कांग्रेस विभाजनको दिशातिर उन्मुख भएको छ । पार्टीको संस्थापन पक्षले विशेष महाधिवेशनमा सहमति नजनाए थापा र शर्मा पक्ष एक्लै अघि बढ्ने तयारी गरेपछि निर्वाचनको मुखमा कांग्रेस विभाजनको दिशामा जान लागेको हो । पार्टीलाई विभाजन हुन नदिन मध्यमार्गी नेताहरुको प्रयास असफल हुँदै आएको छ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ८ : ०२ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र