४ कार्तिक २०८३, बुधबार | October 21, 2026

लागुऔषध कारोबारेलाई पक्राउ गर्न नेपालगन्जमा गोली चल्यो



नेपालगन्ज । लागुऔषध नियन्त्रण अभियानका क्रममा बाँके प्रहरीले  गोली प्रहार गरि एकजनालाई ठुलो परिमाणको ब्राउन सुगरसहित पक्राउ गरेको छ।

नेपालगन्ज–४ गणेशपुर नजिक लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेका एक व्यक्तिलाई गोली प्रहार गरि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भाग्ने प्रयासका क्रममा प्रहरी टोलीमाथि आक्रमण गर्दै फरार हुन खोजेपछि प्रहरीले तीन राउन्ड हवाई फायर लागु औषधकर्तालाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताए । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, जिल्ला बहराइच रुपैडिहा थाना बस्ने ३५ वर्षिय इलियास अहमद रहेका छन् । पक्राउ परेका इलियासको साथबाट लागुऔषध ब्राउन सुगर २८० ग्राम १६० मिलिग्राम बरामद भएको डीएसपी पातलीले बताए।

बरामद लागुऔषधसहित पक्राउ परेका इलियास अहमदलाई बाँके जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ८ : ४९ बजे

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

काठमाडौं । स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि

नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नखः

भक्तपुर । भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन्

बिक्रीमा जमरा

काठमाडौँ । बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका

राष्ट्रपति र उपराष्ट्रपतिले गरे गुरुपुरोहितबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने