२६ असार २०८३, शुक्रबार | July 11, 2026

लागुऔषध कारोबारेलाई पक्राउ गर्न नेपालगन्जमा गोली चल्यो



नेपालगन्ज । लागुऔषध नियन्त्रण अभियानका क्रममा बाँके प्रहरीले  गोली प्रहार गरि एकजनालाई ठुलो परिमाणको ब्राउन सुगरसहित पक्राउ गरेको छ।

नेपालगन्ज–४ गणेशपुर नजिक लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेका एक व्यक्तिलाई गोली प्रहार गरि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भाग्ने प्रयासका क्रममा प्रहरी टोलीमाथि आक्रमण गर्दै फरार हुन खोजेपछि प्रहरीले तीन राउन्ड हवाई फायर लागु औषधकर्तालाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताए । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, जिल्ला बहराइच रुपैडिहा थाना बस्ने ३५ वर्षिय इलियास अहमद रहेका छन् । पक्राउ परेका इलियासको साथबाट लागुऔषध ब्राउन सुगर २८० ग्राम १६० मिलिग्राम बरामद भएको डीएसपी पातलीले बताए।

बरामद लागुऔषधसहित पक्राउ परेका इलियास अहमदलाई बाँके जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ८ : ४९ बजे

काठमाडौँ महानगरपालिकाले गणेश नेपालीका परिवारलाई सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी

रुपन्देहीमा गोली प्रहार गरेर भारतीय लागुऔषध कारोबारे पक्राउ

काठमाडौँ । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर १जना भारतीय लागुऔषको

संसदमा गृहमन्त्रीको आक्रोश : गणेश नेपालीको मृत्युमा राजनीति गर्नेहरू अस्पतालमा कति जना पुग्नुभयो ?

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा

पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको

सम्पत्ति विवरण पेश बाध्य नगर्न सर्वोच्चको अन्तरिम आदेश, छानबिन आयोगको कामकारबाही रोकियो

काठमाडौं । सर्वोच्च अदालतले २०६२/६३ सालदेखि सरकारी नियुक्ति र जिम्मेवारीमा