२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

बुटवल-भैरहवा सडकखण्डमा मापसे-लापसे चेकजाँच, सवारी चालकहरूमा सचेतना अभियान



बुटवल । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको नेतृत्वमा बुटवल-भैरहवा सडकखण्डमा सवारी चालक लक्षित मादक पदार्थ सेवन (मापसे) तथा लागूऔषध सेवन (लापसे) सम्बन्धी सघन चेकजाँच अभियान सञ्चालन गरिएको छ ।

शुक्रबार तिलोत्तमा नगरपालिका-२ स्थित शंकरनगरचोक क्षेत्रमा सञ्चालन गरिएको उक्त चेकजाँच कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएका प्रहरी निरीक्षक रुद्रकुमार गिरीको नेतृत्वमा ११ जनाको ट्राफिक प्रहरी टोली सक्रिय रहेको थियो । अभियानमा पश्चिम नेपाल बस व्यवसायी प्रालिका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो ।

बुटवल-सुनौली सडकखण्डमा सञ्चालनमा रहेका बस तथा माइक्रोबसका चालक र सहचालकलाई लक्षित गरी मापसे तथा लापसे परीक्षण गरिएको थियो । चेकजाँचका क्रममा सवारी चालकहरूलाई ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन, यात्रुको सुरक्षाप्रति जिम्मेवार बन्ने विषयमा सचेतना समेत गराइएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पछिल्लो समय सवारी दुर्घटनाको प्रमुख कारणमध्ये मापसे र लापसे एक भएकाले यस्तो अभियानलाई निरन्तरता दिइनेछ । यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै नियमित रूपमा अनुगमन, परीक्षण र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने पनि ट्राफिक प्रहरीको भनाइ छ ।

बस व्यवसायीहरूले समेत ट्राफिक प्रहरीको अभियानलाई सहयोग गर्दै चालकहरूलाई नियम पालना गर्न प्रेरित गर्ने प्रतिबद्धता जनाएका छन् । ट्राफिक प्रहरीका अनुसार आगामी दिनमा पनि राजमार्ग तथा सहरी क्षेत्रमा यस्ता चेकजाँच अभियानलाई थप कडाइका साथ निरन्तरता दिइनेछ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ५ : ११ बजे

एमाले उपाध्यक्ष पौडेलले गरे बुटवलबाट मतदान

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २

निजामती कर्मचारी अस्पतालद्वारा आपत्कालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन

काठमाडौं । निजामती कर्मचारी अस्पतालले आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचन

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश

लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान हो : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी (पूर्णपाठसहित)

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा

पत्रकारलाई निर्वाचनमा सहज रूपमा समाचार सङ्कलनको व्यवस्था गर्न महासङ्घको माग

काठमाडौं । नेपाल पत्रकार महासङ्घले पत्रकारलाई मतगणनाको समाचार सङ्कलन रूपमा