झापा । बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको छ।
शुक्रबार बेलुका काठमाडौँबाट भद्रपुरका लागि उडान भरेको विमान अवतरण गर्ने क्रममा रनवेमा चिप्लिएको बताइएको छ । विमान अवतरण गर्ने क्रममा चिप्लिएर २०० मिटर पूर्वतर्फ सानो खोल्सामा पुगेको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले जानकारी दिए ।
काठमाडौं–भद्रपुर उडानको ९०१ उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको हो । विमानमा यात्रा गरेका ५५ जना यात्रुहरु सकुशल रहेको र उनीहरुलाई उद्दार गरि गन्तब्य पठाइएको डीआईजी घिमिरेले बताए ।


















प्रतिक्रिया