१ चैत्र २०८२, आइतबार | March 16, 2026

कांग्रेसलाई विभाजनबाट जोगिन एमाले नेता ज्ञवालीको आग्रह

 दलहरू विभाजित हुँदा लोकतन्त्रले नै मूल्य चुकाउनुपर्छ



काठमाडौं । नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको जस्तो देखिएको संकटपूर्ण अवस्थामा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कांग्रेस नेतृत्वलाई विभाजनबाट जोगिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रमुख दलहरूको आन्तरिक अवस्था कमजोर हुँदा त्यसको प्रत्यक्ष असर मुलुकको लोकतान्त्रिक प्रणालीमै पर्ने चेतावनी दिँदै उनले विभाजन हुन नहुने बताएका हुन् ।

ज्ञवालीले विगतका अनुभव स्मरण गराउँदै २०५४ मा भएको तत्कालीन नेकपा (एमाले) को विभाजनले कसरी हिंसात्मक द्वन्द्वलाई राष्ट्रव्यापी रूपमा फैलिन सघायो भन्ने उदाहरण प्रस्तुत गरेका छन् । साथै, २०५९ मा नेपाली कांग्रेस विभाजन भएपछि त्यसले राजालाई प्रजातन्त्र अपहरण गर्ने बहाना दिएको यथार्थ पनि उनले उल्लेख गरेका छन् ।

उनका अनुसार दलहरू आन्तरिक रूपमा कमजोर वा विभाजित हुँदा त्यसको मूल्य अन्ततः देशको लोकतन्त्रले नै चुकाउनुपर्छ । त्यसैले लोकतन्त्रको सुस्वास्थ्यका लागि राजनीतिक दलहरूको आन्तरिक स्वास्थ्य सबल हुनु अनिवार्य पूर्वशर्त भएको उनले बताएका छन् ।

ज्ञवालीले लोकतन्त्र, संविधान र राष्ट्रिय हितमाथि गम्भीर चुनौती देखिएको वर्तमान सन्दर्भमा नेपाली कांग्रेसले आफ्नो काँधमा रहेको ऐतिहासिक जिम्मेवारी बोध गर्दै आन्तरिक समस्याहरूलाई समझदारी र सुझबुझका साथ समाधान गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ९ : १७ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन