१९ पुस २०८२, शनिबार | January 3, 2026

कांग्रेसलाई विभाजनबाट जोगिन एमाले नेता ज्ञवालीको आग्रह

 दलहरू विभाजित हुँदा लोकतन्त्रले नै मूल्य चुकाउनुपर्छ



काठमाडौं । नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको जस्तो देखिएको संकटपूर्ण अवस्थामा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कांग्रेस नेतृत्वलाई विभाजनबाट जोगिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रमुख दलहरूको आन्तरिक अवस्था कमजोर हुँदा त्यसको प्रत्यक्ष असर मुलुकको लोकतान्त्रिक प्रणालीमै पर्ने चेतावनी दिँदै उनले विभाजन हुन नहुने बताएका हुन् ।

ज्ञवालीले विगतका अनुभव स्मरण गराउँदै २०५४ मा भएको तत्कालीन नेकपा (एमाले) को विभाजनले कसरी हिंसात्मक द्वन्द्वलाई राष्ट्रव्यापी रूपमा फैलिन सघायो भन्ने उदाहरण प्रस्तुत गरेका छन् । साथै, २०५९ मा नेपाली कांग्रेस विभाजन भएपछि त्यसले राजालाई प्रजातन्त्र अपहरण गर्ने बहाना दिएको यथार्थ पनि उनले उल्लेख गरेका छन् ।

उनका अनुसार दलहरू आन्तरिक रूपमा कमजोर वा विभाजित हुँदा त्यसको मूल्य अन्ततः देशको लोकतन्त्रले नै चुकाउनुपर्छ । त्यसैले लोकतन्त्रको सुस्वास्थ्यका लागि राजनीतिक दलहरूको आन्तरिक स्वास्थ्य सबल हुनु अनिवार्य पूर्वशर्त भएको उनले बताएका छन् ।

ज्ञवालीले लोकतन्त्र, संविधान र राष्ट्रिय हितमाथि गम्भीर चुनौती देखिएको वर्तमान सन्दर्भमा नेपाली कांग्रेसले आफ्नो काँधमा रहेको ऐतिहासिक जिम्मेवारी बोध गर्दै आन्तरिक समस्याहरूलाई समझदारी र सुझबुझका साथ समाधान गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ९ : १७ बजे

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा

अत्यधिक चिसो समयमा अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यधिक चिसो समयमा अनावश्यक

काठमाडौंको तापक्रम यो वर्षकै न्यून बिन्दुमा, चिसो बढ्दै हिमाली क्षेत्रमा वर्षा-हिमपातको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम आज यो वर्षकै हालसम्मको सबैभन्दा

रास्वपाको समानुपातिक सूचीबाट कलाकार आसिफ शाह बाहिरिए, काठमाडौं-५ बाट प्रत्यक्ष उम्मेदवारी दिने घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्द

कांग्रेसलाई विभाजनबाट जोगिन एमाले नेता ज्ञवालीको आग्रह

काठमाडौं । नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको जस्तो देखिएको संकटपूर्ण