२० असार २०८३, शनिबार | July 5, 2026

रास्वपाको समानुपातिक सूचीबाट कलाकार आसिफ शाह बाहिरिए, काठमाडौं-५ बाट प्रत्यक्ष उम्मेदवारी दिने घोषणा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्द सूचीमा समावेश भएका कलाकार आसिफ शाहले आफ्नो नाम फिर्ता लिएका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै समानुपातिक उम्मेदवारीबाट अलग हुने घोषणा गरेका हुन् ।

आफ्नो धारणा सार्वजनिक गर्दै शाहले देश निर्माणका लागि योगदान कुनै एक पद वा हैसियतमा सीमित नहुने उल्लेख गरेका छन् । जनता र पार्टीभित्रका साथीहरूको भावनामा चोट पुर्‍याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो आफूले रोज्न नसक्ने स्पष्ट गर्दै उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, “देश निर्माणका लागि आवश्यक योगदान म जुनसुकै पद वा हैसियतमा रहे पनि सधैँ गर्न तयार छु । तर जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्‍याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ । यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।”

समानुपातिक सूचीबाट नाम फिर्ता लिएसँगै शाहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष उम्मेदवारी दिने घोषणा पनि गरेका छन् । प्रत्यक्ष निर्वाचनमार्फत जनताको मत लिएर संसद् पुग्ने अठोट व्यक्त गर्दै उनले देशभन्दा ठूलो केही नभएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, “प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ, उठ्ने नै हो । हामी काठमाडौं-५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार छौँ । देशभन्दा ठूलो केही हुँदैन ।”

शाहले आफ्नो निर्णय व्यक्तिगत मात्र नभई पार्टीभित्र स्वस्थ राजनीतिक संस्कार स्थापित गर्ने उद्देश्यसँग जोडिएको बताएका छन् । उनले समानुपातिक सूचीमा रहेका अन्य नेताहरू र कार्यकर्ताहरूलाई पनि जनभावना अनुसार आ-आफ्नो नाम फिर्ता लिएर ‘दुई कदम पछाडि हट्न’ आग्रह गरेका छन् ।

कलाकारका रूपमा पहिचान बनाएका आसिफ शाहको यो निर्णयपछि रास्वपाभित्र समानुपातिक र प्रत्यक्ष उम्मेदवारीलाई लिएर भइरहेको बहस थप चर्किने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  १० : ०१ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी