१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

एमाले बाँकेबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिस

१ बाट ढकाल र ३ बाट सुनारको एकल सिफारिस



नेपालगन्ज । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेकपा एमालेले बाँकेबाट प्रत्यक्षतर्फ उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । एमालेका क्षत्रीय समन्वय समितिको छुट्टाछुट्टै बैठकले प्रत्यक्ष तर्फका उम्मेदवारका लागि प्रदेश समितिका तर्फबाट सिफारिस गरेको हो ।

एमालेले बाँके क्षेत्र नम्बर १ बाट केन्द्रिय सदस्य सूर्य ढकालको एकल नाम सिफारिस भएको छ । ढकाल निवर्तमान सांसद पनि हुन् । क्षेत्रीय समन्वय समितिका संयोजक कुश्माखर बस्यालका अनुसार क्षेत्रीय समन्वय समितिको बैठकले ढकालको एकल नाम एकल सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै क्षेत्र नम्बर २ बाट जिल्ला अध्यक्ष निरक गुरुङ, कृष्ण प्रसाद श्रेष्ठ र अछरी पोख्रेलको नाम सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय समन्वय कमिटीका संयोजक भाष्कर काफ्लेले जानकारी दिए ।

उता बाँके क्षेत्र नम्बर ३ बाट भने अघिल्लो प्रतिनिधिसभा निर्वाचनअघि एमाले छाडेर माओवादीमा प्रवेश गरेका पूर्व मन्त्री दल बहादुर सुनारको एकल नाम सिफारिस गरेको छ । सुनारको नाम सिफारिस प्रति एमालेका कार्यकर्ताहरुले असन्तुष्टी जनाएका छन् ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ९ : १६ बजे

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने

‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो’

बागलुङ । बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले

माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

मुस्ताङ । माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको

टी-२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका सुपर-८ बाट बाहिरियो

काठमाडौं। घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि सहआयोजक

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह

कञ्चनपुर । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन