१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अमेरिकी आक्रमणपछि भेनेजुएलाका राष्ट्रपति मादुरोलाई न्युयोर्क पुर्‍याइयो



न्युयोर्क । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिई न्युयोर्क पुर्‍याएको दाबी गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू, विशेषगरी बीबीसीलाई उद्धृत गर्दै प्रकाशित समाचारहरूमा काराकासमा भएको सैन्य आक्रमणपछि पक्राउ परेका मादुरोलाई अमेरिका लगिएको उल्लेख गरिएको छ ।

बीबीसीका अनुसार अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा शनिबार बिहानै व्यापक सैन्य आक्रमण गरेपछि राष्ट्रपति मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिई देशबाहिर लगेको दाबी गरिएको हो । आक्रमणपछि मादुरो सार्वजनिक रूपमा देखिन छाडेका थिए ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत भेनेजुएलाका राष्ट्रपति मादुरोको तस्बिर सार्वजनिक गर्दै उनी अमेरिकी नौसैनिक जहाजमा सवार रहेको दाबी गरेका थिए । ट्रम्पले एक अन्तर्वार्तामा पनि यही जहाजमार्फत मादुरोलाई अमेरिका ल्याइँदै गरेको बताएका थिए ।

राष्ट्रपति मादुरो अन्तिम पटक शुक्रबार काराकासमा चिनियाँ अधिकारीहरूसँगको भेटघाटका क्रममा सार्वजनिक रूपमा देखिएका थिए । त्यसपछि उनी आक्रमणपछि बेपत्ता भएको बताइएको थियो ।

यसैबीच, भेनेजुएलाका अधिकारीहरूले अमेरिकी आक्रमणका क्रममा मृत्यु भएका र घाइते भएका सेना तथा सर्वसाधारणको यकिन तथ्याङ्क संकलन भइरहेको जानकारी दिएका छन् । एएफपीका पत्रकारहरूका अनुसार राजधानी काराकासमा सुरुमा विस्फोटका आवाजहरू सुनिएका थिए भने त्यसपछि राजधानी र वरपरका क्षेत्रमा व्यापक आतङ्क फैलिएको थियो ।

देशका अन्य शहरहरूमा पनि थप विस्फोटहरू भएका समाचार आएका छन् । राजधानी काराकासको आकाशमा करिब एक घण्टासम्म सैन्य विमानहरूको आवाज सुनिएको र सो अवधिभर लगातार हवाई आक्रमण तथा ठूला विस्फोटका आवाज आएको बताइएको छ । आक्रमणका कारण राजधानीका कैयौँ क्षेत्रहरू विद्युत् आपूर्तिविहीन भएका छन् ।

अमेरिकी आक्रमणले संयुक्त राष्ट्रसङ्घको बडापत्र तथा अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन गरेको आरोप लगाउँदै भेनेजुएलाले उक्त आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । भेनेजुएलाका अधिकारीहरूले यो आक्रमणले देशको सार्वभौमिकता र स्वतन्त्रतामाथि गम्भीर चुनौती खडा गरेको बताएका छन् ।

घटनाबारे अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया आउन बाँकी रहेको छ भने क्षेत्रीय तथा विश्व राजनीति थप तनावपूर्ण बन्दै जाने संकेत देखिएको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ७ : ३१ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो