४ माघ २०८२, आइतबार | January 18, 2026

रास्वपाको केन्द्रीय समितिको बैठक आज, पार्टी समायोजन र विस्तारमा छलफल हुने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीच पुस १४ गते एकता घोषणा भएपछि आज पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । उक्त एकतापछि पार्टीको संगठनात्मक संरचना, नेतृत्व व्यवस्थापन र आगामी कार्यदिशालाई लिएर यो बैठकलाई विशेष महत्वका साथ हेरिएको छ ।

महामन्त्री बुर्लाकोटीका अनुसार बैठकमा पार्टी समायोजन, संगठन विस्तार तथा सुदृढीकरण लगायतका विषयमा विस्तृत छलफल हुनेछ । एकतापछि पार्टीभित्र आएका नयाँ नेतृत्व र कार्यकर्ताहरूको व्यवस्थापन, जिम्मेवारी बाँडफाँड तथा संगठनात्मक ढाँचा सुदृढ गर्ने विषय बैठकको मुख्य एजेन्डा रहने बताइएको छ ।

यस्तै, आगामी राजनीतिक गतिविधि, जनसरोकारका मुद्दामा पार्टीको भूमिकाबारे समेत छलफल हुने सम्भावना रहेको स्रोतले जनाएको छ। पार्टीले केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरूलाई बैठकमा अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरेको छ ।

एकतापछि बस्न लागेको पहिलो केन्द्रीय समिति बैठक भएकाले यसले पार्टीको आगामी रणनीति र संगठनात्मक दिशा तय गर्ने विश्वास गरिएको छ । बैठकका निर्णयहरूले रास्वपाको आन्तरिक व्यवस्थापन र राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ७ : ५६ बजे

उम्मेदवार टुङ्गो लगाउन रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी

देउवा पक्षको रिट सर्वोच्चमा दर्ता, ६ गतेमात्र सुनुवाइ

काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षले दायर

राष्ट्रियसभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित, अर्को बैठक माघ ९ गते

काठमाडौं । जेनजी आन्दोलनपछि स्थगित भएको राष्ट्रियसभाको बैठक आजबाट सुरु

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं। विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

गगन थापा नेतृत्वलाई वैधता नदिन माग गर्दै देउवा पक्ष पुग्यो सर्वोच्च

काठमाडौं । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पक्ष रिट निवेदन