२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

रास्वपाको केन्द्रीय समितिको बैठक आज, पार्टी समायोजन र विस्तारमा छलफल हुने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीच पुस १४ गते एकता घोषणा भएपछि आज पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । उक्त एकतापछि पार्टीको संगठनात्मक संरचना, नेतृत्व व्यवस्थापन र आगामी कार्यदिशालाई लिएर यो बैठकलाई विशेष महत्वका साथ हेरिएको छ ।

महामन्त्री बुर्लाकोटीका अनुसार बैठकमा पार्टी समायोजन, संगठन विस्तार तथा सुदृढीकरण लगायतका विषयमा विस्तृत छलफल हुनेछ । एकतापछि पार्टीभित्र आएका नयाँ नेतृत्व र कार्यकर्ताहरूको व्यवस्थापन, जिम्मेवारी बाँडफाँड तथा संगठनात्मक ढाँचा सुदृढ गर्ने विषय बैठकको मुख्य एजेन्डा रहने बताइएको छ ।

यस्तै, आगामी राजनीतिक गतिविधि, जनसरोकारका मुद्दामा पार्टीको भूमिकाबारे समेत छलफल हुने सम्भावना रहेको स्रोतले जनाएको छ। पार्टीले केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरूलाई बैठकमा अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरेको छ ।

एकतापछि बस्न लागेको पहिलो केन्द्रीय समिति बैठक भएकाले यसले पार्टीको आगामी रणनीति र संगठनात्मक दिशा तय गर्ने विश्वास गरिएको छ । बैठकका निर्णयहरूले रास्वपाको आन्तरिक व्यवस्थापन र राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ७ : ५६ बजे

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको

नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी