१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

प्रचण्ड आज साँझ नयाँदिल्ली जाँदै, भोलि ‘एकता सन्देशसभा’लाई सम्बोधन गर्ने



काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ भारतको राजधानी नयाँदिल्ली जाने भएका छन्।

नेकपा (पूर्व घटकहरु)का प्रवासी संगठनहरूको आयोजनामा हुने ‘एकता सन्देशसभा’लाई सम्बोधन गर्न दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ।

एक महिनाअघि नै तय भएको उक्त सन्देशसभा भोलि आयोजना हुँदैछ। सभालाई सम्बोधन गरेपछि प्रचण्ड भोलि नै (सोमबार) साँझ स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ।

दिल्ली बसाइँका क्रममा सन्देश सभाबाहेक अन्य कुनै औपचारिक राजनीतिक भेटघाट तय नभएको पनि सचिवालयले जनाएकोछ ।

यसैबीच, नेपाली समाज भारतको आयोजनामा भारतको राष्ट्रिय राजधानी नयाँदिल्लीमा ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ आयोजना हुन लागेको भन्दै विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिअनुसार नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

नेपाली समाज भारतका महासचिव आरबी खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, कार्यक्रममा नेपाल सरकारका सम्माननीय पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को गरिमामय उपस्थिति रहनेछ। कार्यक्रममा उनले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्वबारे समसामयिक सन्देश दिने कार्यक्रम रहेको उल्लेख छ।

भारतमा बसोबास गर्दै आएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै सामाजिक–राजनीतिक चेतनाको अभिवृद्धि गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको नेपाली समाज भारतले जनाएको छ। प्रवासी नेपालीहरूको हक–हित, पहिचान र आपसी सहकार्य सुदृढ बनाउँदै आएको सन्दर्भमा यस कार्यक्रमलाई महत्वपूर्ण रूपमा लिइएको विज्ञप्तिमा उल्लेख छ।

नेपाली समाज भारतले यस ऐतिहासिक अवसरमा सहभागी भई कार्यक्रमलाई भव्य र सफल बनाउन भारतभर रहनुहुने सम्पूर्ण नेपाली समुदायलाई हार्दिक आह्वानसमेत गरेको छ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ९ : २८ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित