२२ पुस २०८२, मंगलबार | January 6, 2026

रोल्पामा बोलेरो जीप दुर्घटना : दुई विद्यार्थीको मृत्यु, नौ घाइते



रोल्पा । रोल्पामा भएको बोलेरो जीप दुर्घटनामा दुई जना विद्यार्थीको ज्यान गएको छ भने नौ जना घाइते भएका छन्।

सुनछहरी गाउँपालिका–४ स्युरी निवासी १२ वर्षीया दीपा पुन र सोही उमेरका सुनिल विकको मृत्यु भएको प्रहरीले जनाएको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी भएर घर फर्किंदै गर्दा उनीहरु दुर्घटनामा परेका थिए । गम्भीर घाइते भएका दुई जनालाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पुर्‍याइए पनि चिकित्सकले राति साढे १२ बजे मृत घोषणा गरेका थिए।

सुनछहरी गाउँपालिका–१ गामखोलाको सेरमबाट विद्यार्थी बोकेर वडा नम्बर ४ स्युरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जीप गएराति करिब १० बजे अनियन्त्रित भई सडकबाट तल पल्टिएको थियो ।

दुर्घटनामा परी सुनछहरी गाउँपालिका–४ स्युरीका १२ वर्षीया अमृता पुन, १२ वर्षीया विपना घर्ती मगर, १५ वर्षीय किसन घर्ती मगर र १५ वर्षीया हस्तिरा विक, १५ वर्षीय हिमाल विक, १४ वर्षीया जमुना विक, १६ वर्षीया पवित्रा पुन, २४ वर्षीया अस्मिता विक, १७ वर्षीय शनि विक घाइते भएका छन्। घाइते सबैलाई बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १० : १० बजे

किमाथाङ्का अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्न लगानी मोडालिटी तयार

काठमाडौं। सङ्खुवासभाको भोटकोला गाउँपालिका-२ मा पहिचाहन गरिएको ४५४ मेगावाटको किमाथाङ्का

वीरगञ्जमा कर्फ्यू आदेश आज दिउसो १ः०० बजेसम्म थप

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ः०० बजेदेखि दिउँसो

फागुनबाट १९ जना राष्ट्रियसभा सदस्यको पदावधि सकिँदै, को को हुँदैछन् बिदा ?

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाका १८ सिटका लागि आगामी माघ

मुहार फेर्दै डिभिजन वन कार्यालय बाँके

नेपालगन्ज । डिभिजन वन कार्यालय बाँकेले कार्यालयलाई आधुनिक, प्रविधिमैत्री डिजिटल

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बिहान