काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी राष्ट्रियसभा निर्वाचनमा गर्न खोजिएको तालमेलबारे कार्यसम्पादन समिति बैठकलाई जानकारी गराएका छन् ।
खड्काले सोमबार बसेको बैठकमा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपालसँग भएको छलफलबारे जानकारी गराएका हुन् ।
संविधान निर्माण र संरक्षणमा भूमिका खेलेका शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि चार दलबीच सहकार्यको तयारी भइरहेको उनले बताए।
राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ। १८ सिटमा हुने निर्वाचनका लागि चारदलबीच सिट बाँडफाँटको विषयमा छलफल भैरहेको छ । कांग्रेसले कम्तिमा ८ सिटमा दाबी गरिरहेको छ ।


















प्रतिक्रिया