२९ असार २०८३, सोमबार | July 13, 2026

फागुनबाट १९ जना राष्ट्रियसभा सदस्यको पदावधि सकिँदै, को को हुँदैछन् बिदा ?



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाका १८ सिटका लागि आगामी माघ ११ गते निर्वाचनको मिति तोकेको छ। राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनमा सकिने भएपछि रिक्त सदस्यका लागि आयोगले चुनाव गराउन लागेको हो । १९ मध्ये एक सांसद भने राष्ट्रपतिले मनोनित गर्ने ज्यवस्था रहेको छ ।

आगामी फागनु २० गतेदेखि एमालेका आठ, नेपाली कम्युनिस्ट पार्टीका आठ, जनता समाजवादी पार्टीका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक र मनोनीत एक सांसदको पदावधि सकिन लागेको हो।

रिक्त हुन लागेकामध्ये वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन्। पदावधि सकिनु एक महिना पहिल्यै निर्वाचन गरिसक्नु पर्ने संविधानमा व्यवस्था रहेको छ ।

पदावधि सकिएका सांसदमा नेकपाका नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र बेदुराम भुसाल छन्।

भुसाल तत्कालीन एकीकृत समाजवादीबाट राष्ट्रियसभाको सांसद भएका नेता हुन् भने बाँकी सात जना तत्कालीन माओवादी केन्द्रका सांसद हुन्।

त्यसैगरि एमालेबाट सांसद बनेका इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसीको कार्यकाल पनि सकिँदैछ।

जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको पनि कार्यकाल सकिन लागेको छ।

सरकारले आगामी माघ ११ गते आइतबारलाई राष्ट्रियसभाको निर्वाचनको मिति तोकेको छ। राष्ट्रियसभाका ५९ मध्ये १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ९ : ०५ बजे

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाए : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै

बागलुङको ढोरपाटन सलामकोटमा पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

ढोरपाटन । बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा । ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो

कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक

लमजुङ । अघिल्लो बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकका