१ चैत्र २०८२, आइतबार | March 15, 2026

सहसचिव प्रदीप परियारसहित ७ जनालाई विशेषले दियो सफाइ



काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। सफाइ पाउने अन्यमा काठमाडौं महानगरपालिकाका निर्देशकहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल तथा इञ्जिनियर जर्नादन गिरी रहेका छन् ।

ढल निर्माणमा अनियमितताको आरोप लागेका परियारसहितकाहरुलाई विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले मंगलबार सफाई दिएको हो । अदालतले अभियोग दाबी पुष्टि हुन नसकेको ठहर गर्दै सबै प्रतिवादीहरूलाई आरोपबाट सफाइ दिएको जनाएको छ।

सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेँपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

सहसचिव परियार भ्रष्टाचार मुद्दा दर्ता हुँदा सूचना तथा प्रसारण विभागका महानिर्देशकको जिम्मेवारीमा थिए।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ७ : ५९ बजे

घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ । सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोलीले आज