९ श्रावण २०८३, शनिबार | July 26, 2026

कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । मंगलबार बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने निर्णय भइसकेकाले आजको बैठकमा त्यसलाई थप स्पष्ट पार्ने तथा आगामी रणनीतिबारे विस्तृत छलफल हुने बताइएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बुधबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो । बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ लाई केन्द्रमा राखेर गठबन्धन, उम्मेदवार छनोट र चुनावी रणनीतिका विषयमा गहिरो छलफल हुने अपेक्षा गरिएको छ ।

मंगलबार बसेको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभा निर्वाचनको समग्र राजनीतिक अवस्था, सम्भावित सहकार्य र पार्टीको भूमिकाबारे प्रारम्भिक धारणा प्रस्तुत गरेका थिए । सो अवसरमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री फरमूल्लाह मन्सुर तथा जीवन परियारले आ-आफ्ना दृष्टिकोण र सुझाव राखेका थिए ।

आजको बैठकमा मंगलबार धारणा नराखेका अन्य नेताहरूले पनि आफ्ना विचार प्रस्तुत गर्नेछन् । विशेषगरी कुन दलसँग, कस्तो आधारमा र कुन-कुन क्षेत्रमा तालमेल गर्ने भन्ने विषयमा सहमति जुटाउने प्रयास हुने कांग्रेस नेताहरूले बताएका छन् ।

राष्ट्रिय सभा निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरूबीच सहकार्य र गठबन्धनबारे छलफल तीव्र बन्दै गएको सन्दर्भमा कांग्रेसको आजको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ८ : ०१ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको